पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समितिको अध्यक्षको समेत पदभार ग्रहण गरेका छन् । सहिदचोकस्थित कार्यालयमा बिहीबार उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले पोखरा उपत्यका नगरविकास समितिको नाममा कति जमिन कस्तो अवस्थामा छ भनेर १ महिनाभित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । ‘पोखरामा पोखरा उपत्यका नगर विकास समितिसँग प्रशस्त जग्गा छ । तर, के कति छ भन्ने लेखाजोखा नै राखिएको छैन र संरक्षणमा समेत ध्यान दिइएको छैन भन्ने आमनगरवासीलाई परेको छ । आफ्नो सम्पत्ति संरक्षण गर्न सकेन भन्ने परेको छ । हामी आजको मितिले १ महिनाभित्र उपत्यका नगर विकास समितिको नाममा कति जमिन कस्तो अवस्थामा छ भन्ने लेखाजोखा गरेर सार्वजनिक गछौं’, उनले भने ।
यसैबीच, जिल्ला अदालत कास्कीको फैसला अनुरुप उपत्यका नगर विकास समितिको ठहर्ने फैसलाबाट प्राप्त जमिन सार्वजनिक हितका लागि प्रयोग गर्न खाली गराउने बैठकले निर्णय गरेको छ । त्यसका लागि ३५ दिने सूचना निकाल्ने र सम्याउने निर्णय भएको हो । जिल्ला अदालत कास्कीले असार १३ मा न्युरोडमा रहेको किनं १६६८ नम्बरको ५ रोपनी, ४ आनाभन्दा बढी जमिन समितिको हुने फैसला गरेको थियो । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले सोही जग्गामा पोखरा उपत्यका नगर विकास समितिको दाबी पुग्ने फैसला गरेको हो ।
सो जग्गामा दशकौँदेखि पोखरा ४ निवासी कोइराला परिवारको दाबी रहँदै आएको थियो । राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाले दाबी गर्दै आएको उक्त जग्गा सार्वजनिक र सरकारी कायम गरिपाउँ भनी नागरिक समाजका अगुवाहरू विष्णुप्रसाद बराल र परशुराम बराल तथा अधिवक्ता डिल्लीराम अधिकारीले कास्की जिल्ला अदालतमा रिट दायर गरेका थिए । नगर योजना कार्यान्वयन समिति उत्तराधिकार संस्था पोखरा उपत्यका नगर विकास समितिले पनि जमीन आफ्नो हुनुपर्ने दाबीसहित मुद्दा हालेको थियो ।
गत वैशाख ३० को स्थानीय चुनावबाट पोखराको मेयरमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य मेयरमा निर्वाचित भएका हुन् ।
Related News
सम्बन्धित समाचार
प्लाष्टिकमुक्त नगर अभियानमा सहयात्री सहकारी
बहुउद्देश्यीय सामाजिक भवन निर्माण
बागलुङ–पोखरा मगर समाजमा गजेन्द्र
सगरमाथामा विद्यार्थी स्वागत एवं सम्मान
प्रेस सेन्टर पदाधिकारीको सम्मान
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९