खानेपानीमा इ–कोली जीवाणु भेटियो

आदर्श समाज सम्वाददाता
असार १८, २०७९
Lamjung news

लमजुङ । जिल्लाका ४ नगरपालिकामा वितरण हुने खानेपानीमा इ–कोलीका जीवाणु फेला परेका छन् । यसले लामखुट्टेबाट सर्ने रोगको भय देखिएको छ ।

स्वास्थ्य कार्यालय लमजुङले एक कार्यक्रम गरी पत्रकार र सारोकारवालालाई त्यस्तो जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक विषयमा ज्ञान दिलाउनुका साथै लामखुट्टेबाट सर्ने रोगको भय रहेको र खानेपानी शुद्धीकरण गर्नुपर्छ भन्ने सन्देश दिएको बताए । अहिले हिमाली भेगमा समेत लामखुट्टे देखिएका भन्दै उनले लमजुङ खानेपानीमा धनी जिल्लाका रुपमा परिचित रहेको दाबी गरे । उनले यस्ता कुरामा सरोकारवाला सबैको पहलमा न्युनीकरण गर्न सकिने बताउँदै सामुहिक पहल गर्न आग्रह गरे । एकीकृत भेक्टर सर्भिलेन्स तथा खानेपानी परीक्षण नतिजासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उल्लेखित विषय चर्चा भएको हो ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दीपक वमजनले खानेपानी परीक्षण नतिजा सार्वजनिक गर्दै जिल्लाका ८ पालिकामध्ये दूधपोखरी बाहेक अन्यत्रका प्रमुख स्थलमा रहेका खानेपानी आयोजनाको खानेपानीको परीक्षण गरिएको जानकारी दिए । खानेपानी मुहानदेखि मुखसम्म शुद्ध हुनुपर्ने सिद्धान्त रहेको जानकारी दिंदै उनले जिल्लाका अधिकांश खानेपानीमा इकोली जीवाणु फेला परेको बताए । उनका अनुसार खानेपानी परीक्षण प्रदिवेदन अनुसार पिउनुअघि खानेपानी शुद्धिकरण गरेर मात्र पिउनु पर्ने देखिएको छ । उनले भने, ‘खानेपानीमा इ–कोली देखिनुको अर्थ त्यसमा दिसाका कण मिसिएको छ भन्ने हो, जसले जुन कुनै पनि बेला हैजा लगायतको महामारी फैलाउन सक्छ ।’

‘यो जीवाणुको अर्थ दिसाका कण मिसिएको छ भन्ने हो, जसले हैजालगायतको महामारी फैलाउन सक्छ’

फोकलपर्सन यम बरालले एकीकृत भेक्टर सर्भिलेन्सको प्रतिवेदन सार्वजनिक गर्र्दै जिल्लाको दक्षिणी क्षेत्रमा रहेका ३ नगरपालिका राइनास, सुन्दरबजार र मध्यनेपालमा लामखुट्टे संकलन गरी कुन–कुन रोगको जोखिम छ भन्ने जान्ने प्रयास गरिएको बताए । उनका अनुसार ३ वटै नगरपालिकामा लामखुट्टेको प्रकोप रहेको भेटिएको छ भने राइनास नगरपालिका र सुन्दरबजार नगरपालिकामा डेङ्गु, हात्तीपाइले र कालज्वारको प्रकोप छ । मध्यनेपाल नगरपालिकामा भुसुनाजन्य रोग अर्थात् मलेरियाको प्रकोप फैलन सक्ने देखिएको छ । सहभागीले यसबारे जिम्मेवार निकायले ध्यानाकर्षण गराउन आग्रह गरे । अनुगमन कोबाट हुने हो भन्ने प्रश्न विशेष रुपमा उठाएका थिए । यसका लागि स्थानीय तह जिम्मेवार निकाय भएको भन्ने जवाफ दिइएको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख इ.शेखरचन्द्र ऋषीले अन्तरक्रियामा उठेका प्रश्नको जवाफ दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width