एथलेटिक्स रेफ्री तथा निर्णायक सेमिनार

आदर्श समाज सम्वाददाता
असार १७, २०७९
Athletics News Judges seminar 1 (1)

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा गण्डकी प्रदेश एथलेटिक्स खेललक्षित निर्णायकलाई रेफ्री तथा निर्णायक सेमिनार सुरु भएको छ ।

प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिता विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्देश्य साथ उक्त कार्यक्रम आयोजना गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए ।

प्रशिक्षणको अग्रज खेलाडी तथा राष्ट्रिय खेलकुदका पूर्व सदस्य खड्गबहादुर रानाभाटले बुधबार शुभारम्भ गरे । उनले निर्णायकमा समर्पण, अनुशासन हुनुपर्ने कुरामा जोड दिए ।

परिषद् सदस्य सचिव तेजबहादुर गुरुङले प्रदेशमा एथलेटिक्स खेलका गतिविधि बढेसँगै सक्षम निर्णायक आवश्यकतासमेत रहेकोले यो कार्यक्रम आयोजना गरिएको बताए । एथलेटिक्स सबै खेलको समेत ‘फादर अफ दि गेम’ मानिने भएकोले पहिलो चरणमा एथलेटिक्स लक्षित कार्यक्रम अघि बढाइएको बताए ।

नेपाल ओलम्पिक कमिटि महासचिव नीलेन्द्रराज श्रेष्ठले परिषद्ले आफ्नो स्थापनको छोटो अवधिमा समेत उत्कृष्ट कार्य गरेको बताउँदै प्रशंसा गरे । ३ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा एथलेटिक्सका विज्ञ शुसिल नरसिंह राणाले प्रशिक्षण दिने छन् । प्रशिक्षक राणाले उद्घाटन कार्यक्रममा खेलाडी तथा दर्शकलाई उत्साह जगाउन तथा एक सक्षम खेलाडीको उत्पादनमा समेत निर्णायकको भूमिका उत्तिकै प्रभावकारी हुने बताए ।

प्रदेश खेलकुद परिषदका सदस्य तथा कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले समेत बोलेका थिए । सेमिनारमा २५ जनाको सहभागिता छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीमा खेलाडी छनोट र बन्द प्रशिक्षण कार्यतालिका सार्वजनिक

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा, ३१ साउन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको…
  • पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । पोखरामा प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ हुने भएको छ । देविज स्नुकर क्लब आयोजनामा भदौ १२ देखि १९…
  • क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत

    आदर्श समाज सम्वाददाता श्रावण २८, २०७९
    पोखरा । सेन्ट्रल क्रिकेट एकेडेमीले ३ खेलको एकदिवसीय क्रिकेट श्रृंखला २–० सँगै जितेको छ । श्रृंखलाको अन्तिम खेल शनिबार पोखरा…
  • ‘स्वस्थ नागरिकका लागि खेलमैदान’

    धनबहादुर गुरुङ श्रावण २८, २०७९
    पोखरा । ‘खेलकुद मन्त्रालयको कामले स्वास्थ्य मन्त्रालयलाई घाटा हुन सक्छ किनभने मैले सुगरका बिरामी नहोलाजस्तो देखेको छु ।’ यो अभिव्यक्ति…
  • लोकतान्त्रिक खेलकुदको बधाई

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की जिल्ला शाखाले संघमा जनप्रतिनिधि तथा विभिन्न संघ संस्थामा निर्वाचित सदस्यलाई सम्मान तथा बधाई…

hero news full width