पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ मा ७ विधामा अवार्ड प्रदान गरिने भएको छ । वर्ष २०७८ को खेल आधारमा मनोनयनमा परेका ३ मध्ये १ जनाले अवार्ड प्राप्त गर्ने छन् । बिहीबार अवार्ड सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम तयारी पूरा भएको मञ्च अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।
वर्ष खेलाडी पुरुषमा विधान अधिकारी (ब्याण्डमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का (टेनिस) मनोनयनमा छन् । प्रदीप अघिल्लो संस्करणमा पनि नोमिनेसनमा थिए । यस्तै, वर्ष खेलाडी महिलामा अरुणा शाही (भलिबल), मनिषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते) परेका छन् । भलिबलको राष्ट्रिय टिम कप्तान सम्हालेकी अरुणा दोस्रो संस्करणकी वर्ष खेलाडी महिला हुन् ।
उदियमानतर्फ दर्शिल श्रेष्ठ (टेनिस), श्रृष्टि जैसी (क्रिकेट) र साहिल लिम्बु (बक्सिङ) तथा उत्कृष्ट प्रशिक्षक विधामा रिजन प्रजू (क्रिकेट), रेकमाया गुरुङ (तेक्वान्दो) र नीरज थापा (टेनिस) परेका छन् । वर्ष खेलाडी पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्ने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छन् भने उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार साथमा अवार्ड प्राप्त गर्ने प्रचार संयोजक एवं मञ्च महासचिव राजाराम पौडेलले जानकारी दिए । वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारको नाम घोषणा हुन बाँकी छ । उनीहरुले पनि समान ३५ हजार साथमा अवार्ड पाउने छन् ।
मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड पूर्व बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । उनले चाँदीको करुवा सहित अवार्ड प्राप्त गर्ने छन् । खेलाडी छनोट समिति संयोजकमा विनोद लामिछाने छन् । छनोट समिति सहसंयोजक सन्देश श्रेष्ठ र सदस्य विजय नेपाल छन् । पत्रकार छनोट समिति संयोजकमा त्रिभुवन पौडेल तथा सदस्यमा बिमला भण्डारी र सन्देश श्रेष्ठ छन् ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, पत्रकार महासंघ गण्डकी सचिव यदुनाथ बञ्जारा, मञ्च उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल लगायत बोलेका थिए । समारोहमा गायक विनोद बाँनिया, हास्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, गजल वाचन र डेमोस्ट्रेशन रहने मञ्च महासचिव पौडेलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा खेलाडी छनोट र बन्द प्रशिक्षण कार्यतालिका सार्वजनिक
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
लोकतान्त्रिक खेलकुदको बधाई
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९