विद्यालयलाई फर्निचर सहयोग

आदर्श समाज सम्वाददाता
असार १६, २०७९
help

पोखरा । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय पोखरा र ग्रामीण स्वाबलम्बन साना किसान कृषि सहकारी, अर्जुनचौपारीको लागत साझेदारीमा सरस्वती आधारभुत विद्यालय, अर्जुनचौपारीलाई ४० सेट फर्निचर डेस्क बेन्च तथा ह्वाइट बोर्ड सहयोग गरिएको छ ।

लघुवित्त संस्थाको ३ लाख र ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारीको १ लाख ३० हजार गरी ४ लाख ३० हजार बराबरको ४० सेट डेस्क बेन्च उक्त विद्यालयलाई प्रदान गरिएको थियो । सहकारी संस्थाले साना सिंचाइ योजना, खानेपानी, मोटरबाटो मर्मत, सार्वजनिक स्थलको मर्मत सम्भार तथा सुधारजस्ता कार्यक्रम गर्दै आएकोमा आगामी दिनमा समेत निरन्तर चलिरहने ग्रामीण स्वाबलम्बन साना किसान कृषि सहकारीका प्रबन्धक शालिग्राम काफ्लेले बताए ।

वित्तीय संस्थाका इलाका कार्यालय, पोखराका प्रबन्धक विदुर अर्यालले फर्निचर डेस्कबेन्च विद्यालयलाई हस्तान्तरण गरेका थिए । सो सहयोगबाट ८ कक्षासम्मका १ सय जना विद्यार्थी लाभान्वित भएका छन् । विद्यालय प्रअ ओमबहादुर गुरुङले सहयोगप्रति आभार व्यक्त गरे । कार्यक्रममा लघुवित्तका इलाका प्रबन्धक विदुर अर्यालले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्य निरन्तर रहने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width