घर भत्किएर पुरिंदा बालिकाको मृत्यु, दाइ घाइते

आदर्श समाज सम्वाददाता
असार १६, २०७९
momentsbeforedeath

पोखरा, १६ असार । भारी वर्षासँगै भर भत्किएर पुरिंदा स्याङ्जाको गल्याङ १०, दुविनडाँडामा एक बालिकाको मृत्यु भएको छ । घटनामा उनका दाजु घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबार बिहान करिब साढे ६ बजे घर भत्किंदा १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । बिहान सुतिरहेको बेला घर पुरिएर उनीसहित १६ वर्षीय उनका दाइ लक्ष्मण घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि गल्याङ सामुदायिक अस्पतालमा ल्याइएकोमा बहिनी रेखालाई चिकित्सले मृत घोषणा गरेका हुन् ।

टाउकोमा सामान्य चोट लागेका लक्ष्मणको उपचार भइरहेको छ । घर पूर्ण रुपमा क्षति भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width