आज मेघ गर्जनसहित वर्षाको सम्भावना

रासस
असार १६, २०७९
11646847 – beautiful girl walking under rainfall in autumn park

काठमाडौं । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव देशभर सामान्य रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेकाले वर्षा भइरहेको विभागले जनाएको छ । हाल देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव तीन डिग्री र अधिकतम तापक्रम २३ दशमलव सात डिग्री सेल्सियस छ ।

Related News

सम्बन्धित समाचार

  • निरन्तर वर्षाले जनजीवन अस्तव्यस्त

    आदर्श समाज सम्वाददाता श्रावण १८, २०७९
    पोखरा । केही दिनयता परेको निरन्तर वर्षाले ठाउँठाउँको जनजीवन अस्तव्यस्त बनेको छ । कतै सडक अबरुद्ध हुँदा आवतजावत हुन सकेको…
  • आज भारी वर्षाको सम्भावना

    रासस असार १४, २०७९
    काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल…
  • मेघ गर्जन/चट्याङसहित वर्षा सम्भावना

    रासस जेठ २८, २०७९
    काठमाडौं । यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं…
  • ‘वातावारण जोगाऔं, विकास पनि गरौं’

    आदर्श समाज सम्वाददाता जेठ २३, २०७९
    पोखरा । देशैभर धेरै संघ, संस्थाले वर्षमा लाखौं बिरुवा रोप्छन् । ती बिरुवामध्ये आधा पनि हुर्किंदैनन् । विश्व वातावरण दिवसको…
  • नेपालमा मनसुन चाँडै भित्रियो

    रासस जेठ २२, २०७९
    काठमाडौं । नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम…

hero news full width