पोखरा । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा २६ सिलिंगेमा अवस्थित जटाशंकर धार्मिक विकास समितिलाई ३ थान फलामको बेन्च सहयोग गरेको छ । महालक्ष्मी बैंक विजयपुर शाखाको अगुवाइमा सहयोग गरिएको हो ।
कार्यक्रम पोखरा रिजनका ब्रान्च संयोजक एवंं न्युरोड शाखाका प्रबन्धक गणेशप्रसाद आचार्य र विजयपुर शाखाका शाखा प्रबन्धक सूर्यबहादुर थापाले संयुक्त रुपमा धार्मिक विकास समितिका अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देललाई सहयोग हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा पं. रामप्रसाद सिग्देल, समाजसेवी हरिप्रसाद अधिकारी, पोखरा २६ का जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई, जनप्रतिनिधि तीर्थ राजभाट, शाखा प्रबन्धक सूर्यबहादुर थापा, गणेशप्रसाद आचार्यलगायतले बोलेका थिए । कार्यक्रम समितिका सचिव विकास रानाभाटले सञ्चालन गरेका थिए ।
महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशभरका १ सय ३ शाखाबाट सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने शाखा प्रबन्धक सूर्यबहादुर थापाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कृषि क्षेत्रमा पाइला बढाउँदै मुक्तिनाथ बैंक
खानेपानी टंकीका लागि ग्रिनको सहयोग
मौद्रिक नीति आज सार्वजनिक हुँदै
मुक्तिनाथलाई कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड
ज्योति बैंकको ११६ औं शाखा बेंसीसहरमा
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९