ज्योति बैंकको ११६ औं शाखा बेंसीसहरमा

आदर्श समाज सम्वाददाता
असार १६, २०७९
Joti Bank lamjungd

लमजुङ । नेपाल सरकारबाट ख वर्गको मान्यता पाएको ज्योति विकास बैंकले लमजुङको सदरमुकाम बेसीसहरमा नयाँ शाखा विस्तार गरेको छ । बेंसीसहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्याल र बैंकका सञ्चालक नरेशराज आचार्यले संयुक्त रुपमा शाखा उद्घाटन गरे ।

कार्यक्रममा बेंसीसहरका नगर प्रमुख गुमानसिंह अर्यालले बैंकले सहर बजारमा मात्रै केन्द्रित नभई दूरदराजमा रहेका गाउँहरुमा पनि सेवा विस्तार गर्न सुझाव दिए । उनले पवित्र भावना सोच र शैलीबाट जनताको हितमा काम गर्न अनुरोध गर्दै धितो र सम्पतिलाई मात्र नहेरी व्यावसायिक फर्म अथवा ऋणीको आम्दानीलाई हेरेर लगानी गर्ने वातारण मिलाउनुपर्नेमा जोड दिए ।

बैंकका सञ्चालक नरेशराज आचार्यले बैंकको नवस्थापित शाखा १ सय १६ औं भएको बताए । बैंकिङ पहुँचलाई थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने लक्ष्यका साथ लमजुङको बेंसीसहरमा शाखा सञ्चालनमा आएको उनले उल्लेख गरे ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेंसीसहर शाखाका ग्राहकका निमित्त शून्य मौज्दातमै क्युआर कोड, निशुल्क डलर कार्ड जारी, निशुल्क डिम्याट खाता सञ्चालन गर्ने सुविधा रहेको बैंकका शाखा प्रबन्धक किरणनिधि तिवारीले बताए । उनकाअनुसार निशुल्क मेरो सेयर रजिस्ट्रेसन, निशुल्क डेबिड कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्धति निक्षेपहरूमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत सुविधा प्रदान गरिने बैंकले जनाएकोकक छ ।

Related News

सम्बन्धित समाचार

  • कृषि क्षेत्रमा पाइला बढाउँदै मुक्तिनाथ बैंक

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    स्याङ्जा । स्याङ्जामा केन्द्रीय कार्यालय राखी २०६३ सालमा स्थापित मुक्तिनाथ विकास बैंकले केही वर्षयता कृषि क्षेत्रमा समेत काम गर्दै आएको…
  • खानेपानी टंकीका लागि ग्रिनको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण १७, २०७९
    पोखरा । ग्रिन डेभलमपमेन्ट बैंकले कास्कीको मादी ७ स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले टंकी खरिद गर्न रकम सहयोग गरेको…
  • मौद्रिक नीति आज सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०७९
    पोखरा । नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र…
  • मुक्तिनाथलाई कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०७९
    पोखरा । मुक्तिनाथ विकास बैंक कर्पोरेट म्यागजिनद्वारा आयोजित “कर्पोरेट बिजनेस एक्सीलेन्सी अवार्ड २०२२” बाट सम्मानित भएको छ । काठमाडौंमा आयोजित…
  • जटाशंकरलाई महालक्ष्मी बैंकको सहयोग

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    पोखरा । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा २६ सिलिंगेमा अवस्थित जटाशंकर धार्मिक विकास समितिलाई ३ थान फलामको बेन्च सहयोग…

hero news full width