पोखरा । पोखरा महानगरपालिका शिक्षा महाशाखाद्वारा आयोजित विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिताको दोस्रो चरण जनप्रिय माविमा सम्पन्न भएको छ ।
प्रतियोगितामा ७५ ओटा विद्यालयले सहभागिता जनाएका थिए भने १५ विद्यालय अन्तिम चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगितामा जनप्रिय माविका आयुस गुरुङ, मदरल्याण्ड बोर्डिङका वीनिता क्षेत्री, हिल प्वाइन्टका रोहित गुरुङ, सिर्जना बोर्डिङका अस्मिता पौडेल, कुमुदिनी होम्सका सीमा पुन, कालिका माविका स्मृति गुरुङ, राष्ट्रिय माविका एलिसा तामाङ, सोसल पब्लिकका मुना पुन, हिमाञ्चल बोर्डिङका रिसिका थापा, पोखरा आदर्शका संस्कृति सुवेदी, तालवाराहीका सक्तिना तामाङ, प्रतिभा बोर्डिङकी विधाता पराजुली, केफ्स बोर्डिङका नीकिशा पुन, लक्ष्मी आदर्श माविका सुप्रिना गुरुङ, रत्नज्योति बोर्डिङका कुसुम आले फाइनलका लागि छनोट भएको कार्यक्रम संयोजक रामप्रसाद तिवारीले बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक शिक्षा अधिकृत रामप्रसाद तिवारीले स्वागत तथा विद्यालयका प्रअ देवी बस्ताकोटीले कार्यक्रमबारे प्रकाश पारेका थिए । सहायक प्रअ ऋषिराम अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९