हेमजामा असारे रोपाइँ महोत्सव

आदर्श समाज सम्वाददाता
असार १६, २०७९
hemja d

हेमजा । मानो खाएर मुरी उब्जाउने महिना हो, असार । त्यसैले अचेल कृषक धानखेती लगाउन बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त हुने गर्दछन् । नेपाल कृषिप्रधान देश भए पनि यहाँ कतिपय अवस्थामा कृषकलाई प्रोत्साहन गरिएको पाइँदैन ।

तर पोखरा पर्यटन परिषद र हेमजाको देवीस्थान सेवा समाजले पोखरा सबै मौसमका लागि भन्ने नाराका साथ किसानको हौसलाका लागि बुधबार हेमजामा असारे रोपाइँ महोत्सव ग¥यो । जसमा पोखरा घुम्न आएका विदेशी पर्यटकसमेत हिलो खेल्दै मज्जासँग रमाए । उनीहरु हिलो छ्यापाछयाप गर्दै रमाएका हुन् ।

सो अवसरमा भएको नेपाली पुरुष हिले दौडमा सुवाश शर्मा प्रथम र रोशन तिमिल्सीना दोस्रो भए ।

नेपाली महिला हिलेदौडमा किरण अधिकारी प्रथम, विदेशी पुरुषतर्फको हिले दौडमा न्यूरेन्सीङ प्रथम तथा ओफिरल दोस्रो भएको परिषद सदस्य विश्वराज पोखरेलले जानकारी दिए ।

अगुवा कृषकतर्फ लीलाधर तिमिल्सिना र शालिकग्राम बास्तोला साथै लोककला र संस्कृतिको क्षेत्रबाट योगदान पुर्‍याएकोमा सुरेश अधिकारी र सम्बरबहादुर गायकलाई सम्मान पनि गरियो ।

हिलोमा फुटबल, रस्साकस्सी, असारे गीत तथा रोपाई, हिलोमा माछा समात्ने, हिलोमा जोडी दौड, म्युजिकल बेलुन लगायतका प्रतियोगिता पनि भए ।

महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले कृषि सम्मानित पेसा भएको उल्लेख गर्दै कृषिबाट नै देशलाई समृद्धितर्फ लैजान सकिने बताइन् ।

पोखरा पर्यटन परिषद् अध्यक्ष गोपी भट्टराईले खेतीयोग्य जमिन मासिरहेको अवस्थामा यहाँका किसानलाई टेवा पुग्ने उद्देश्यका हेजामा महोत्सव गरिएको बताए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख काशीराज भण्डारी, हेमजाका वडाध्यक्ष मोतिराज तिम्सिना, महोत्सवका संयोजक पोमनारायण श्रेष्ठ, देवीस्थान सेवा समाजका कार्यवाहक अध्यक्ष हरिशरण पौडेल, परिषदका महासचिव रामचन्द्र शर्मा, देवीस्थान मन्दिरका अध्यक्ष चूडामणि तिम्सिना लगायतले कृषि पेसाको महत्वमाथि चर्चा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तीजगीत प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    हेमजा । हेमजास्थित सफल उद्यमशील महिला समूह आयोजनामा तीजगीत प्रतियोगिता हुने भएको छ । भदौ १४ र १५ गते हुने…
  • टान अध्यक्षमा नीलहरि बास्तोला

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्षमा नीलहरि बास्तोला विजयी भएका छन् । टानको ४४ औं वार्षिक साधारणसभा…
  • ओटेफको स्थापना दिवसमा भोजन

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले पाँचौ स्थापना दिवस अवसरमा ज्येष्ठ नागरिक र बटुकलाई खाना खुवाएर मनाएको छ…
  • इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    हेमजा । इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, लामाचौरले ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधवार मनाएको छ । समारोह उद्घाटन गर्दै गण्डकी…
  • फुटपाथका सामग्री हटाउन माइकि

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    हेमजा । पोखरा महानगरपालिका २५ वडा कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजा तथा लियो क्लब…

hero news full width