सिर्जनामा विविध क्रियाकलाप

आदर्श समाज सम्वाददाता
असार १५, २०७९
srijana

पोखरा । सिर्जना आवासीय माविमा अतिरिक्त क्रियाकलापअन्तर्गत शुक्रबार युवा रेडक्रस सर्कल सिर्जना आवासीय माविको व्यवस्थापनमा पूर्व प्रावि तहदेखि कक्षा १० सम्म अन्तरसदनात्मक विविध कार्यक्रम सम्पन्न भएका छन् ।

कुमारी भीम गुरुङको संयोजकत्वमा पूर्व प्रावि तहमा ‘तातो आलु’ र आधारभूत तह (कक्षा १ देखि ३ सम्म) रमिशा थापाको संयोजकत्वमा चम्चा दौड प्रतियोगिता भएको छ । त्यसैगरी, आधारभूत तह (कक्षा ४ देखि ७ सम्म) नेपाली समाचार वाचन प्रतियोगिता र कक्षा ८ देखि १० सम्म टेबल टेनिस प्रतियोगिता सम्पन्न भए ।

नेपाली समाचार वाचन प्रतियोगितामा कक्षा (४–५) अन्तर्गत स्मृति लम्साल प्रथम, समिक्षा पौडेल द्वितीय, प्रसिद्धि क्षत्री तृतीय र सुवर्ण सुवेदी सान्त्वना भए । कक्षा (६–७) अन्तर्गत अपेक्षा अधिकारी, प्रथम, सशांक पहारी द्वितीय, दीपशिखा अधिकारी, तृतीय र अस्मिना केसी र आयुष अधिकारीद्वय सान्तवना भए ।

कक्षा (८–१०) छात्रा अन्तर्गत टेबल टेनिस प्रतियोगितामा तृषा गुरुङ प्रथम, प्रजिता मुडभरी द्वितीय, रोनिस्का श्रेष्ठ र विनु गुरुङले तृतीय स्थान हासिल गर्दा छात्रमा विशेष शेरचन, प्रथम, डेभिड क्षत्री द्वितीय, आदर कसेल र अनमोल सापकोटाले तृतीय भएको नेपाली विभागीय प्रमुख विष्णुप्रसाद सुवेदीले बताए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width