जग्गा बाँझो नराखौं : कृषि मन्त्री

आदर्श समाज सम्वाददाता
असार १५, २०७९
Mantri

पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकार कृषिमार्फत जनतालाई सम्बृद्ध बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

कृषिको विविधिकरणमा गण्डकी प्रदेश १ नम्बर रहेको दाबी गर्दै मन्त्री बुढाले मन्त्रालय कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए ।

हेमजास्थित मानव सेवा आश्रममा आयोजित कृषि सामग्री वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सो अवसरमा उनले सरकार देशलाई कृषिमा आत्मनिर्भर बनाउन लागिपरेको भए तापनि जग्गा बाँझो राख्न प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे । मानिसमा सुखको खोजीमा लाग्ने प्रवृत्ति भएकोले जग्गा बाँझो राखेर विदेशबाट आयात गरेर समृद्धि नआउने उनले तर्क गरे ।

मन्त्रालयको समन्वयमा कृषि ज्ञान केन्द्र, कास्कीबाट मानव सेवा आश्रमलाई कृषि सामग्री वितरण गरिएको हो । सो अवसरमा मन्त्री बुढाले ३ थान टनेल जाली, फलफूलका बिरूवा र तरकारीको बिउबिजन लगायत सामग्री आश्रमलाई हस्तान्तरण गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width