हेमजा । कास्कीको अन्नपूर्ण गाउँपालिका–७, तोल्का, डिलगराका प्रेमबहादुर थापामगरको परिवार पहिरोका कारण विस्थापित भएको छ ।
शनिबार रातिको भारी वर्षासँगै घरमाथिबाट खसेको पहिरोले उनका घरमा क्षति पुगेपछि परिवार बारीमा त्रिपाल सहारामा बस्न बाध्य छ । स्थानीय कोलडाँडाबाट पर्से सार्कीको बारी भत्केर आउँदा उनको घर पछाडिको भाग पुरिएको हो । अझै पनि त्यहाँ पहिरोे जाने सम्भावना उच्च छ ।
मगर परिवारले यतिबेला नातामा साला पर्ने तिलबहादुर थापामगरको बारीमा आश्रय लिएका हुन् । उनको परिवारलाई रेडक्रसले २ थान त्रिपालसमेत उपलब्ध गराएको छ ।
यता, वर्षासँगैको पहिरोले लुम्ले, चन्द्रकोट हुँदै लान्द्रुक जाने सडक ३ दिनदेखि अवरुद्ध छ । सो सडकखण्डअन्तर्गत भिचुकदेखि तोल्का बीचको घट्टेखोला तथा तोल्का र आलुखोरबीचमा पर्ने घिरसिंह खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।
सडक बन्द भएसँगै त्यहाँबाट वडा कार्यालय लगायत पोखरा आउजाउँ गर्न स्थानीयलाई सकस भएको छ । पहिरोको मंगलबार वडाध्यक्ष भरतमान गुरुङसहित गाउँपालिकाका इञ्जिनियरको टोलीले अवलोकन गरेको छ ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरीमा तीजमेला हुने
चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
बजार क्षेत्र पहिरोको उच्च जोखिममा
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?
श्रावण २३, २०७९