काठमाडौं । नेकपा (एमाले) का पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक नयाँ पार्टीको घोषणा गर्नुभएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा उहाँले नेपालका कम्युनिष्ट पार्टीलाई एकताबद्धरुपमा लैजानका लागि नयाँ पार्टीको घोषणा गरेको बताउनुभयो । नेता गौतमले आगामी निर्वाचनसम्म ठूला कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नका लागि आफूले नयाँ पार्टी गठन गरेको उल्लेख गर्नुभयो ।
“नेपालका कम्युनिष्ट फुट्दा अरुले नै फाइदा लिए” उहाँले भन्नुभयो, “अब मेरो नेतृत्वमा नेपालका कम्युनिष्टलाई एकताबद्ध बनाउँछु ।” आफ्नो पार्टीले कम्युनिष्टलाई एकताबद्ध बनाएर पार्टी सञ्चालन गर्ने नेता गौतमको भनाइ थियोे ।
पार्टी एकीकरण गर्ने विषयलाई जुन कम्युनिष्ट पार्टीले सम्मान गर्छ त्यहीसँग एकता गर्ने उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टी एकताका लागि तीन महिने अभियान सञ्चालन गर्ने गौतमले जानकारी दिनुभयो । “हाम्रो पार्टीको मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पुनर्गठन गर्नु हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई कार्यगत एकतामा ल्याउन वातावरण निर्माण गर्नु अर्को उद्देश्य हो”, उहाँले भन्नुभयो ।
नेपालका कम्युनिष्ट पार्टी ४६ पटक पुनर्गठन भएका र त्यसमा आफू नै संलग्न भएको नेता गौतम भनाइ थियो । नयाँ पठन भएको सो पार्टीको अध्यक्षमा गौतम रहनुभएको छ । पार्टी बहुपदीय प्रणालीमा हुने छ । एक अध्यक्ष, प्रत्येक प्रदेशमा इञ्चार्जको जिम्मेवारी बहन गर्ने गरी सात उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिएको छ ।
पार्टीको ७५ सदस्यीय कमिटी, १५ जना नबढ्ने गरी स्थायी कमिटीको व्यवस्था गरिएको केन्द्रीय सचिवालयका सचिव डिवी कार्कीले जानकारी दिनुभयो । गौतमको संयोजत्वमा आठ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । उक्त सचिवालयमा सचिव कार्की तथा सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहनुभएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
hero news full width
मुख्य समाचार
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१