पोखरा । किसानलाई तत्काल मल र बिउ उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पोखरास्थित कृषि ज्ञान केन्द्रको कार्यालयमा धर्ना दिएको छ ।
सरकारले बर्खा लागिसक्दा समेत किसानलाई बिउ र मल जस्ता अत्यावश्यक बस्तु उपलब्ध गराउन नसकेकाले सोको माग गर्दै धर्ना दिइएको राप्रपा कास्की प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
धर्नाका सहभागीले किसानलाई समयमै मल बिउविजन वितरण गर, किसानका उत्पादनका उचित बजार मूल्य व्यवस्था गर, कृषिको आधुनिकीकरण गर, किसानलाई उचित तालिमको व्यवस्था गर जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए ।
धर्नापछि आयोजित कोणसमा राप्रपा गण्डकी अध्यक्ष पञ्चाराम गुरुङले सरकार किसानको खिलापमा रहेको बताए । ‘कृषिप्रधान देशमा सरकारले किसानको न आवाज सुन्छ न समस्या बुझ्छ, उनले भने, किसानलाई सधैं गरिबीकै रेखामुनि राख्ने षड्यन्त्र सरकारले गरेको छ ।’
कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले किसानका आवश्यकता पूरा नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिए । कार्यक्रममा नेताहरु जयलाल पुन, शंकर खराल लगायतले किसानको हितमा सरकारले ध्यान दिनुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि
अन्नपूर्णमा एमाले प्रशिक्षण
निर्वाचनका लागि ४० दल दर्ता
गोरखा गठबन्धनमा गन्जागोल
एमालेको विरोध प्रदर्शन
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९