आज भारी वर्षाको सम्भावना

रासस
असार १४, २०७९
rain-fall

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनको प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका पहाडी भूभागका धेरै र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै, प्रदेश १ तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ । रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, प्रदेश १, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • २८ बुँदे घोषणापत्र जारी गर्दै सकियो मुस्ताङ सम्मेलन

    आदर्श समाज सम्वाददाता असाेज ५, २०७९
    पोखरा । जलवायु परिवर्तनबाट पर्वतीय क्षेत्रमा निम्तने खतरालाई सम्बोधन गर्न ३ तहका सरकारलाई समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्ने लगायत…
  •  मुस्ताङमा पर्वतीय वकालत सम्मेलन सुरु

    आदर्श समाज सम्वाददाता असाेज ४, २०७९
    पोखरा । पर्वतीय क्षेत्रले भोग्नुपरेका समस्या र चुनौतीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले मुस्ताङमा ‘माउन्टेन एड्भोकेसी समिट’ (पर्वतीय…
  • आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

    रासस भाद्र ८, २०७९
    काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली…
  • निरन्तर वर्षाले जनजीवन अस्तव्यस्त

    आदर्श समाज सम्वाददाता श्रावण १८, २०७९
    पोखरा । केही दिनयता परेको निरन्तर वर्षाले ठाउँठाउँको जनजीवन अस्तव्यस्त बनेको छ । कतै सडक अबरुद्ध हुँदा आवतजावत हुन सकेको…
  • आज मेघ गर्जनसहित वर्षाको सम्भावना

    रासस असार १६, २०७९
    काठमाडौं । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम…

hero news full width