नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ

आदर्श समाज सम्वाददाता
असार १३, २०७९
sapath

पोखरा । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।

शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकासमन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्।

सपथपछि मन्त्रीहरूले सोमबार नै  मन्त्रालय पुगेर कार्यभार सम्हाल्नेछन्।

यसअघिका पर्यटनमन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर नेकपा एसले नयाँ अनुहार अगाडि सारेको हो।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ स्वास्थ्य मन्त्री बनेका छन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बनेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width