स्पोर्टस् अवार्डलाई भूपू खेलाडीको सहयोग

आदर्श समाज सम्वाददाता
असार १३, २०७९
Sports Award

पोखरा । ‘छैटौं पोखरा स्पोर्टस् अवार्ड’ लाई अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले सहयोग गर्ने भएको छ ।

असार १८ गते हुने अवार्ड सफल बनाउन मञ्चले नगद ५० हजार रुपैयाँ सहयोग गर्ने भएको हो । अवार्डअन्तर्गत प्रदान गरिने ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’ बापत् भूततपूर्व खेलाडी मञ्चले सहयोग गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । यससम्बन्धी भएको सम्झौतामा भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली र मञ्चका अध्यक्ष बरालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् मञ्चका अध्यक्ष पराजुलीले नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले अवार्डअन्तर्गत अग्रज खेलाडीहरुको सम्मानमा प्रदान गरिने लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने,‘हामी पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १७ औं संस्करणको तयारीमा समेत छौं, खेलकुद पत्रकार र भूतपूर्व खेलाडी मञ्चबीच भएको सहकार्यले म्याराथन सफल बनाउन भूमिका खेल्नेछ ।’

खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले मञ्चले गरेको सहयोगका लागि आभार व्यक्त गर्दै यो सहकार्यले अवार्ड कार्यक्रम सफल बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । अवार्ड सफल बनाउन देश विदेशका संघसंस्थाबाट सहयोग आउने क्रम जारी रहेको र १८ गते हुने अवार्ड विशेष समारोहबीच सम्पन्न हुने अध्यक्ष बरालले बताए ।

लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने अग्रज खेलाडीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

पोखरा स्पोर्टस् अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार रुपैयाँका साथमा ट्रफी प्रदान गरिने मञ्चले जनाएको छ ।

पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, सहारा क्लब पोखरा, तमु धिं युके, होटल पौवा लेकसाइड, जुजु वेयर्स, सिटीवान टेलिभिजन, चिल्लिबार एन्ड रेस्टुरेन्टलगायतले सहयोग गरेको मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width