पोखरा । पछिल्लो समयमा मूल्य वृद्धिका गुनासा बढिरहेका छन् । ग्यास र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको सूचना नेपाल आयल निगमले बेलामा बेलामा दिइरहेको हुन्छ भने खाद्यान्न र फलफूल, तरकारीमा व्यवसायीले आफूखुसी मूल्य बढाउने गरेको गुनासो जनस्तरबाट उठिरहेका छन् । पोखरामा पनि मूल्य वृद्धिको गुनासा बढ्न थाले ।
मूल्य वृद्धिको गुनासा बजारभर आइरहेको समयमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण भएको छ । उनले शनिबार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण आचार्य र उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालालाई डाकेर तुरुन्त बजार अनुगमन गर्न सुझाए । मुख्यमन्त्रीबाट निर्देशन आएपछि उपभोक्ता हित संरक्षण निर्देशनालयको नेतृत्वमा एक टोली बनाएर आइतबार अनुगमनमा निस्कियो । अनुगमन टोलीमा आचार्य र कोइरालासहित जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतम, जिल्ला प्रहरी कार्यालयका राजेन्द्र पौडेल, खाद्य तथा गुण नियन्त्रण कार्यालय पूर्णकला थापा थिए ।
टोलीलाई पोखराको पेपे पिज्जाले २० रुपैयाँ पर्ने मिनरल वाटरलाई ५० रुपैयाँमा बेचेको गुनासो पुगिसकेको थियो । उपभोक्ताबाट आएको गुनासोको सुनुवाई गर्दैै टोली पेपे पिज्जामा पुग्यो । त्यहाँ पुगेको टोली सम्बन्धित व्यवसायीलाई ३ दिनभित्र जिल्ला प्रशासनमा हाजिर हुन निर्देशन दिएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । ‘पानीमा बढी मूल्य लिनुपर्नाको कारण के हो? भनेर जिल्ला प्रशासनमा ३ दिनभित्रमा उपस्थित हुन पत्र काटियो,’ उनले भने ।
टोलीले पोखरा जिरो किलोमिटरको कृष्ण पार्वती स्टोर्समा अनुगमन गरेको थियो । स्टोर्समा पुग्दा बिलबिजक अद्यावधि नगरिएका भेटिएको कोइरालाले बताए । । कृष्ण पार्वती स्टोर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० अनुसार २० हजार जरिवाना गरिएको उनले बताए । लगत्तै अनुगमन टोली हाम्रो सम्झना सपिङ सेन्टर पुग्यो । त्यहाँ पुगेर आवश्यक कागजात माग गर्यो । तर उनीहरुले अद्यावधि प्रमाणपत्र लगायत अन्य कागजात उपलब्ध गराउन सकेनन् । ‘हामीले माग गरेको कागजातहरु उहाँले उपलब्ध गराउन सक्नुभएन,’ उनले भने, ‘दर्ताका कागज, अनुमति, नवीकरणलगायत आवश्यक कागज देखाउनु भएन ।’ त्यसकारण सो सपिङ सेन्टरलाई तत्काल ५० हजार जरिवाना गरिएको उनले जानकारी दिए ।
मूल्य अभिवृद्धिको अर्को कारण भनेको भारतबाट उत्पादन भएर आएका सामानमा आफूखुसी मूल्यसूची टाँस्नु रहेको कोइरालाले बताए । ‘भारतबाट उत्पादित एमआरपी प्रिन्ट भएकामा त्यही अनुसार बिक्री नगरी आफू खुसी मूल्य निर्धारण गरको पाइयो,’ उनले भने । यसका लागि जुन मूल्य हो त्यही एमआरपी मूल्य नेपालीमा रुपान्तर गरी आएको मूल्यभन्दा बढी मूल्य लिएको थाहा भएमा तत्काल कारबाही हुने निर्देशन जारी भएको उनले बताए ।
Related News
सम्बन्धित समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
hero news full width
मुख्य समाचार
उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
जेठ २३, २०८०गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०