पोखरामा भासियो सडक, आवातजावतमा समस्या

आदर्श समाज सम्वाददाता
असार १२, २०७९
street (3)

पोखरा, १२ असार । पोखरामा केही दिनदेखि परेको भारी वर्षाले सडक भासिनुको साथै एउटा घरमा क्षति पुगेको छ ।
पोखरा महानगरपालिका वडा ४ स्थित बूढानीलकण्ठ मन्दिर नजिकैको सडक भासिएको हो । साथै नजिकैको कोन काष्ठ फर्निचर उद्योग रहेको घरमा क्षति पुगेको छ ।

वडाध्यक्ष देवकृष्ण पराजुलीका अनुसार शनिबार राति १ बजेदेखि सडक अलिअलि भासिएकोमा भारी वर्षाका कारण बिहान ५ बजेतिर आवातजावत रोकिने गरी भासिएको हो । त्यस क्षेत्रमा करिब १५ मिटर जति सडक (वारपार हुने गरी) भासिएपछि गैह्रापाटनेदेखि बागलुग बसपार्क छिर्ने भित्री सडकमा आवातजावतमा समस्या भएको छ ।

सो क्षेत्रको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुगले स्थलगत निरीक्षण गरेकी साथै । पोखरा महानगअर सो खाल्डो पुर्ने तयारी गरेको छ ।

भारी वर्षा भएको बखत पोखराका विभिन्न ठाउँमा बेलाबेलामा जमिन मासिने गरेको छ । यहाँको चुनयुक्त माटोका कारण सतह कमजोर बन्ने गरेको विज्ञहरुको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width