भारी वर्षासँगै बाढीपहिरोले क्षतिग्रस्त घर । तस्बिर सौजन्यः एकराज गिरी
पोखरा, ११ असार । गएराति भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा २५, हेमजाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् । पहिरोले घर क्षतिग्रस्त हुँदा र डुबानका कारण मानिसहरु विस्थापित हुन बाध्य छन् ।
पोखरा २५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले भारी वर्षाका कारण त्यसक्षेत्रका करिब ६ सय घर प्रभावित भएको बताए । उनले भने, ‘यहाँका करिब १५ घर पहिरोले क्षतिग्रस्त छन् । २ वटा घर पूर्ण रुपमा क्षति भएको छ । म्याग्दीचोकदेखि सुन्दरपुरी टोलसम्मको पूरै बस्ती जोखिममा छ ।’
केही ठाउँमा खसेको पहिरोसँगै ठाडो खोलामा आएको बाढीले म्याग्दीचोकमा २ घर पूर्ण रुपमा क्षति भएका हुन् । वडा सदस्य सुवास भण्डारीका अनुसार लक्ष्मी बिकको पक्की घरको पर्खाल भत्किएको छ । त्यस्तै हालैमात्र निर्माण सम्पन्न भई सामान सार्दै गरेको अर्को पक्की घर पनि भत्किएको हो । त्यस क्षेत्रको चौरासी नहरको ड्याम फुटेको छ ।
सुइँखेत खोलामा आएको ठूलो बाढीले निकास नपाउँदा फाँटका घरहरु डुबानमा परेका हुन् । घरगोठ र कृषि फर्महरु बाढीले डुबानमा परेका छन् । घरभरि माटोले भरिएको छ । बाढीले बाख्राहरु मरेका छन् । कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको छ ।
राति ११ बजेतिर भीषण वर्षाका कारण बस्तीमा बाढी छिरेपछि स्थानीय घर छोडेर आफन्त तथा छिमेककोमा सुरक्षित ठाउँमा ओत लाग्न गएका थिए ।
यसैबीच, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले त्यस क्षेत्रको शनिबार बिहान अवलोकन गरेकी छन् ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
hero news full width
मुख्य समाचार
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?
श्रावण २३, २०७९सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
श्रावण २२, २०७९पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९