पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख

आदर्श समाज सम्वाददाता
असार १०, २०७९
289562181_2148998151916979_8414891019896413617_n

पोखरा, १० असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि झण्डै ९ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरपालिको शनिबारको ११ औं नगर सभाले आगामी आवको लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

प्रस्तुत बजेटमा केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ १ अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा २ अर्ब ६ करोड, शिक्षामा १ अर्ब ४९ करोड, स्वास्थ्यतर्फ ५० करोड ५ लाख, कृषिमा १६ करोड ७३ लाख, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख र पूर्वाधातर्फ ४ अर्ब ५३ करोड खर्च व्यहोरिने छ । तीमध्ये सबैभन्दा बढी पूर्वाधारतर्फ ५१ प्रतिशत बजेट छ ।

बजेटमा खर्च व्यहोरिने स्रोतमा संघ सरकार अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख, आन्तरिक आयबाट ३ अर्ब १ करोड रहेको छ । साथै राजस्व बाँडफाँडबाट ३७ करोड ३७ लाख व्यहोरिने महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले सार्वजनिक गरिन् ।

प्रदेश राजस्व बाँडफाँड १ करोड ४२ लाख रकम व्यहोरिने छ । यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख न्युन हुन जाने देखिन्छ । जुन रकम चालु आवको अन्त्यमा बचत रकमबाट व्यहोरिने उपप्रमुख गुरुङले जनाइन् ।

बजेटका प्राथमिकतामा पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण, सम्वद्र्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास रहेका छन् । यस्तै, संस्थागत विकास, सुशासन प्रवद्र्धन तथा गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवद्र्धन, गुणस्तरीय, जवाफदेही र प्रतिस्पर्धी मावनस्रोत विकासमा जोड दिइएको छ ।

शनिबार दिउँसो बजेट प्रस्तुत गर्ने क्रममा बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमालेले बजेट पुस्तिका नै च्यातेर बिरोध जनाएपछि अबरुद्ध भएको थियो । पछि त्रुटी सच्चाउने सहमतिपछि बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width