पाेखरा। नेपाल वायुसेवा सञ्चालक संघले आज बुधबारदेखि गर्ने भनेको हवाई सेवा बन्दको निर्णय फिर्ता लिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको छलफल पछि संघ आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको हो।
वार्ताबाटै समस्या समाधान गर्ने सहमति भएका कारण बुधबार उडान बन्द नहुने संघका प्रवक्ता योगराज कँडेलले बताए।
‘वार्तामा सहज वातावरण बनेको छ। उडान बन्दको कार्यक्रम फिर्ता भएको छ। अब बुधबार उडान बन्द हुँदैन,’ उनले भने, ‘हामी वार्तामा नै छौं। पूर्ण सहमति भएको छैन। बुधबार १२ बजे पुनः बस्ने सहमतिका साथ आजको छलफल सकियो।’
संघले मंगलबार पत्रकार सम्मेलन गर्दै ५ बुँदे माग अघि सारेको थियाे । यात्रुसेवा शुल्क ल्यान्डिङ, पार्किङ्ग, नेभिगेसनलगायतमा भएको शुल्कवृद्धि र असार ५ गते प्राधिकरणले सूचित गरेको विमानहरूको रात्रिकालीन विश्रामसम्बन्धी निर्देशन फिर्ता लिनुपर्ने हवाइ सेवा प्रदायकका मुख्य माग हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार सूचना जारी गर्दै हेलिकोप्टर सेवा प्रदायकले असार ७ गतेदेखि र हवाइजहाज सेवा प्रदायकले असार १३ गतेदेखि रात्रीकालीन विश्राम उपत्यकाबाहिरका तोकिएका विमानस्थलमा गर्नुपर्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्था कार्यान्वयन गर्न कठिनाइ भएको भन्दै वायुसेवा संघ आन्दोलनमा उत्रिएको हो।
Related News
सम्बन्धित समाचार
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
बजेटको किचलोले संसद बैठक अनिर्णीत
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९