पोखरा । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा लोपोन्मुख नेपाली मौलिक परम्परागत गीतको गायनशैली र बाजाबारे पोखरामा अन्तक्र्रिया एवं छलफल भएको छ ।
परम्परागत धुन संकलन गरी स्वरांकन, छायांकन एवं अभिलेखीकरण गर्ने उद्देश्यअन्तर्गत कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानको लोक विभाग प्रमुख हरिदेवी कोइरालाले जानकारी दिइन् । गण्डकी प्रदेशमा बढी मात्रामा प्रचलित रहेका यसप्रकारका पुराना धुन र बाजा संरक्षणसम्बन्धी छलफलमा कास्की र वरपरका जिल्लाका कलाकार र संस्कृतिकर्मीको उपस्थिति थियो ।
विशेषगरी ब्राह्मण, क्षत्री, ठकुरी आदि समुदायले धार्मिक अनुष्ठानहरुमा गाउँदै आएका गायन शैलीमध्ये बालनको आरम्भमा गाइने लहरी, मंगलाचरण तथा भजनकीर्तन गर्दा गाइने आरती भजन र बाजाबारे अन्तक्र्रियामा चर्चा गरिएको थियो ।
गीतसंगीतसम्बन्धी यस्ता मौलिक सम्पदा अहिलेको पुस्तामा हस्तान्तरण नहुनु दुखद् विषय भएको पनि सहभागीले बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लोक विभाग प्रमुख प्राज्ञ हरिदेवी कोइरालाले प्रतिष्ठानको उद्देश्यबारे प्रष्ट पार्दै लोक परम्परागत नेपाली जनजीवनको महत्वलाई उजागर गर्ने प्रयासमा प्रतिष्ठान जुटेको बताइन् ।
कार्यक्रममा त्रिवेणी संगीतालयका प्रबन्धक नवराज बरालले परम्परागत गीतसंगीत तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि आफ्नोतर्फबाट सक्दो सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे । बालन एवं कला संस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष खगराज शर्मा आचार्यले संस्कृति संरक्षणजस्तो महत्वपूर्ण अभियानमा सहयोगी संस्थाको भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गरे ।
टोपी स्टुडियोका प्रबन्धक सागरराज आचार्यले बालनका बारेमा धेरै अनुसन्धनात्मक कृति भए पनि गायनका पद्धति, शैली र स्वर लिपिसमेत लोप हुँदै गएको बताए । नेपाली भेषभूषामा परम्परागत बाजाको साथ बालनको भावार्थ, यसमा गाइने मंगलचरण, लहरी र भजनकीर्तनमा गाइने आरतीको सुन्दर प्रस्तुतिसहित कार्यक्रम सम्पन्न भएको थियो ।
संगीत तथा नाट्य क्षेत्रको संरक्षण, सम्बद्र्धन, अध्ययन र अनुसन्धान तथा तिनको अभिलेखीकरणमा हाल प्रतिष्ठान जुटेको सो अवसरमा जानकारी गराइएको थियो । प्रतिष्ठानको लोक संगीत विभागबाट ३ वटा अनुसन्धान प्रकाशन क्रममा रहेको र ४ वटा विभिन्न समुदायका मौलिक रैथाने लोकभाकाको अभिलेखीकरणमा बहस र छलफल गरी तिनलाई पछिल्लो प्रविधिअनुसार सुरक्षित राख्ने अभियानमा प्रतिष्ठान जुटेको प्राज्ञ कोइरालाले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
गीतकार विनोद गौचनको जन्मजयन्ती
साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन
आमा २ पुस्तक विमोचन
लेखनाथ कविता प्रतियोगितामा दीपिन पहिलो
नेपाली नाटकको अस्तित्व खोजी
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
जेठ १५, २०८०आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
जेठ १५, २०८०