नेपाली भाषा शिक्षकहरुका लागि प्रबोधीकरण
पोखरा । नेपाली भाषा शिक्षक परिषद कास्कीको आयोजनामा पोखरामा एक दिने प्रबाेधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठयपुस्तक सम्बन्धी प्रवोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रकी नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमवारे सहजीकरणा गरेकी थिइन्।
परिषदका अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका विशिष्टिकरण तालिकार पाठ्य घण्टाको सही प्रयोगले नै सिकाई उपलब्धि हाँसिल गर्न सकिने बताए ।
कार्यक्रममा परिषद्का सल्लाहकारहरु सहप्राध्यापक पुण्य प्रसाद शर्मा, ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्त, परिषद्का पूर्व अध्यक्षहरु लोकचन्द्र खनाल, डोलराज अर्याल, सल्लाहकार दिनेश सापकोटा लगायतले शुमकामना मन्तव्य राखेका थिए ।परिषदका सचिव सूर्य प्रसाद लम्सालले सञ्चालन तथा उपाध्यक्ष विक्रमपौडेल ले स्वागत गरेको उक्त कार्यक्रममा २०० बढी भाषा शिक्षकको सहभागिता रहेको कार्यक्रम संयाेजक शिबहरि सुवेदीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद्
एसओएस गण्डकीको स्वर्णजयन्ती
प्रतिस्पर्धामा उत्रनसक्ने अनुसन्धानमूलक शिक्षामा जोड
प्रतिभा बाल क्लब पुनर्गठन
पोखरामा खुल्याे मेवन कन्सल्टेन्सीको शाखा
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९