कपडाको चप्पल बनाउने तालिम

आदर्श समाज सम्वाददाता
असार ५, २०७९
chappal

पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालयले आयोजना गरेको कपडाको चप्पल बनाउने तालिम समापन भएको छ । १२ दिनसम्म चलेको तालिममा २० जना सहभागी थिए । तालिमान धनमाया श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले यसै वर्षदेखि सीप परीक्षण नहुने खालका चप्पल बनाउने, बाजा बजाउनेलगायत तालिमहरु समेत सञ्चालन गरेको हो ।

गण्डकी बहुप्राविधिक प्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ५, का वडाध्यक्ष विष्णु बरालले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । उनले गर्दै आर्जन गरेको सीपलाई स्वरोजगारसँग जोड्न आग्रह गरे ।

कार्यक्रममा स्वागत टोल आमा समूहका अध्यक्ष मधु थापा र सञ्चालन सन्तोष शर्माले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना बिहीबार भएको छ । सातौं साधारण सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति…
  • विद्यालयलाई फर्निचर सहयोग

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय पोखरा र ग्रामीण स्वाबलम्बन साना किसान कृषि सहकारी, अर्जुनचौपारीको…
  • लेखनाथ उद्योग वाणिज्य संघमा वक्तृत्वकला

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो रजत वर्षका अवसरमा शुक्रबार विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । रजत वर्ष विविध…
  • मेयर आचार्यद्वारा नगर विकासमा पदभार

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समितिको अध्यक्षको समेत पदभार ग्रहण गरेका छन् । सहिदचोकस्थित कार्यालयमा…
  • पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग

    रासस असार १७, २०७९
    गण्डकी । पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरिरहेको भन्दै स्थानीयवासीले त्यसको विरोध जनाएका छन् ।…

hero news full width