पोखरा । स्याङ्जाली दिदीबहिनी एकता समाज पोखराले स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरेको छ । समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित रहेकाहरुका लागि स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको हो ।
चरक मेमोरियल हस्पिटल र गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको कार्यक्रममा आश्रममा आश्रित १ सय ५२ जनाको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको थियो ।
कार्यक्रम संयोजक एवं समाजकी सल्लाहकार गीता पंगेनी पौडेलले मानवीय सेवा नै सबैभन्दा ठूलो पुण्य हो भनिन् । कार्यक्रममा डा. सन्तोष अधिकारी, डा. अच्युत आचार्य, संजय राना, प्रमिता श्रेष्ठ, सागर पौडेल, मनीषा कँडेल, इन्सान थापाको समूहले स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रमलाई डा. जयबहादुर खत्री, नवराज पौडेल र ईश्वर रेग्मीले सहयोग पुर्याएका थिए ।
नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नवीन सिग्देलले सबै मिलेर मानवीय सेवामा जुट्नुपर्ने उल्लेख गरे । मानव सेवा आश्रम कास्कीका संयोजक राजन सापकोटाले व्यक्ति–व्यक्तिको सहयोगले आश्रम संचालन भएको बताए ।
समाजका अध्यक्ष संगीता अधिकारी र सचिव सपना गिरीले आवश्यकताअनुसार सेवामूलक कार्यक्रम संचालन गरिने जानकारी दिए । स्याङ्जा माइतीघर भई विवाह गरेर कास्की वा स्याङ्जामा नै घर भएका महिलाले समाजको गठन गरेका हुन् । समाज १ सय जना आवद्व छन् ।
समाजका अध्यक्ष संगीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव एवं कार्यक्रम संयोजक गीता पंगेनी पौडेलले स्वागत र सचिव सपना गिरीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना
विद्यालयलाई फर्निचर सहयोग
लेखनाथ उद्योग वाणिज्य संघमा वक्तृत्वकला
मेयर आचार्यद्वारा नगर विकासमा पदभार
पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९