राष्ट्रिय साइक्लिङ प्रतियोगिता : हिमाल र उषालाई उपाधि

आदर्श समाज सम्वाददाता
असार ५, २०७९
cycle~main

पोखरा । पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनालले जितेका छन् । नेपाल आर्मीका टमाटाले निर्धारित ४५ किमीको दुरी २ घण्टा ३४ मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम भएका हुन् । सोही दुरी ३ घण्टा ८ मिनेट ४० सेकेण्डमा पार गर्दै महिलातर्फ खनाल प्रथम भएको आयोजक पोखरा महानगर खेलकुद विकास समितिले जनाएको छ ।

साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफका लक्ष्मण मल्ल द्वितीय र कास्कीका हिक्मत विक तृतीय भए । महिलातर्फ नुवाकोटकी लक्ष्मी मगर द्वितीय र धरानकी इन्द्रकुमारी तामाङ तृतीय भइन् ।

पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ३०, २० र १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए । सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

पोखरा महानगर खेलकुद विकासले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा ८१ खेलाडीले भाग लिएका थिए

प्रतियोगितामा पोखरा, काठमाडौँ, गोरखा, बुटवललगायत ठाउँका ८१ खेलाडी सहभागी थिए । पुरुष ७६ जना र महिला ५ जना प्रतियोगितामा सहभागी भएको सहआयोजक साइक्लिङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।

पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु प्रतियोगिता र्‍यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमै पुगेर सकिएको थियो ।

प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आउँदो बजेटमा खेलकुद प्रवद्र्धन गर्न सक्ने गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए । विभिन्न पेसा व्यवसायमा आवद्ध व्यक्तिलाई एकै ठाउँमा उभ्याउने भएकाले खेलकुद एकताको प्रतीक भएको उनले बताए ।

महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पहिलो पटक साइक्लिङ प्रतियोगिता आयोजना गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने बताए । पोखरामा साइक्लिङको सम्भावना भएको र स्वास्थ्यका लागि पनि राम्रो हुने भएकाले यसमा जोड दिने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…

hero news full width