गण्डकी प्रदेशसभा बैठक स्थगित

आदर्श समाज सम्वाददाता
असार ४, २०७९
gandaki province parliament

फाइल फोटो

पोखरा । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।

गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलका अनुसार शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा आइतबारको बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति जुटेको थियो । बजेट किताब आइनसकेकाले बैठक स्थगित गरिएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width