बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामजी बराल।
पोखरा । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले प्रदेशको बजेट अधिकांश पुरानै कार्यक्रम ल्याएको र बजेटले प्राथमिकता छुट्याउन नसकेको टिप्पणी गर्छन् । ‘एक निर्वाचन क्षेत्र, एक कृषि सडक’ नयाँ देखिए पनि यो कार्यक्रम यसभन्दा अघि नै केन्द्रीकृत शासन प्रणालीमा सञ्चालनमा आएको तर त्यो सफल हुन नसकेको उनको टिप्पणी छ ।
विपक्षी दलका सांसदले पुरानै ठर्राको बजेट भनिरहँदा सत्ताधारी पक्षले राम्रो बजेट भनिरहेको छ । तर सत्तारुढ दल जसपाका संसदीय दलका नेता समेत रहेका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बजेट सार्वजनिक अघि नै भद्र अवज्ञा गरेका थिए ।
प्रदेश सरकारले आमामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
प्रस्तुत बजेटप्रति निजी क्षेत्र भने सन्तुष्ट छैन । यहाँका उद्योगी तथा व्यवसायीका अनुसार बजेटले निजी क्षेत्रलाई निरुत्साहित बनाएको टिप्पणी गरेका छन् । सरकारले निजी क्षेत्रबाट अपेक्षा धेरै गरे तापनि बजेटमा निजी क्षेत्रलाई माथि उठाउने गरी बजेटमा खासै केही नआएको पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले बताए । उनले भने, ‘कर प्रणाली, नवीकरण, बैंकका ब्याज लगायतका विषय हामीलाई आवश्यक छ । जसको स्पष्ट उल्लेख गरिएको छैन ।’ पूर्वाधारमा उल्लेख्य बजेट छुट्याए पनि व्यवसायलाई उपेक्षा गर्न खोजेको जस्तो देखिएको पोखरेलको तर्क थियो । गण्डकी सरकारले ट्रेकिङ र टुर्स एन्ड ट्राभलिङ क्षेत्रमा नवीकरणमा छुट दिने लगायत क्षेत्रमा भने केही राहतको बजेट ल्याएको उनको भनाइ थियो ।
पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमप्रसाद पौडेलले यो आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई उपहास गरेको आरोप लगाए । ‘निजी क्षेत्रलाई कोभिडले धेरै असर गर्यो यसका बारेमा अर्थमन्त्रीले छुँदै छुनु भएन,’ उनले भने, ‘उहाँले ३ सय जनालाई रोजगार दिने गरी उद्योग स्थापनाका लागि मात्र कुरा गर्नु भएको छ, यो भनेको केही पनि होइन ।’ आफूहरुले बजेटमार्फत उद्योग स्थापनासँगै राहत र रोजगारी सिर्जनाको अपेक्षा गरे पनि कर्मकाण्डीरुपमा विगतका विषयलाई निरन्तरता दिएर बजेट ल्याएको बताए ।
गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालले अहिलेको बजेट जनतामैत्री भएको दाबी गर्छन् । पत्रकार सम्मेलन गररै उनले आफूहरुले विगतका सरकारले गरेका कामलाई निरन्तरता दिंदै कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा जोड दिएको बताए । सरकारकै मन्त्रीको भद्र अवज्ञाका विषयमा बोल्दै उनले मन्त्रिपरिषद्ले स्वीकृत गरेरै बजेट आएको जनाए । विपक्षी दलले जति नै राम्रो बजेट ल्याए पनि खोट लाउने परम्परा रहेको उनको तर्क छ ।
बजेटमा पुँजीगत ६२ प्रतिशत, चालूतर्फ ३६ र वित्तीय व्यवस्थामा १ प्रतिशत बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख र चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख छुट्याइएको छ । अधिकांश संघ सरकारको अनुदानमा आधारित बजेटमा ५ अर्बमात्रै प्रदेशको आन्तरिक स्रोत छ । आर्थिक वषै २०७८/०७९ का लागि सरकारले ३० अर्बको बजेट ल्याएकोमा अहिले ६ अर्ब बढीको बजेट आएको हो । प्रदेश सरकारले कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधारलाई बढी प्राथमिकता दिएको छ । सडक र पुलको पूर्वाधारका लागि एकमुष्ट १० अर्ब विनियोजन गरेको छ ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९