‘हिमालयको उत्पत्ति’ विमोचन

आदर्श समाज सम्वाददाता
असार ३, २०७९
book bimochan

पोखरा । विक्रम श्रेष्ठद्वारा लिखित ‘हिमालयको उत्पत्ति : सागरदेखि सगरमाथासम्म’ बजारमा आएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रद्वारा प्रकाशित सो पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले विमोचन गरेका हुन् ।

पुस्तकमा टेथिस सागरबाट सगरमाथा बन्दाको विकासक्रम, पृथ्वीको भूगर्भमा हुने विभिन्न गतिविधि, भूकम्प जानुको वैज्ञानिक कारण लगायत विषयलाई सरल र सरस नेपाली भाषामा प्रस्तुत गरिएको छ । वक्ताले यो पुस्तक पुरातत्व एवं भूगर्भशास्त्रसम्बन्धी विषय नेपाली भाषामा पढ्न चाहनेहरुको लागि ‘अभूतपूर्व’ रहेको बताएका थिए । भूगर्भशास्त्र एवं पुरातत्वमा स्नातकोत्तर श्रेष्ठद्वारा लिखित सो पुस्तक यसबारेमा जान्न खोज्ने गैरविद्यार्थीको लागि समेत सहायकसिद्ध रहेको बताए ।

प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा गुरुङले हिमालयको उत्पत्तिसम्बन्धी बृहत् विषयलाई सरल नेपाली भाषामा लेख्ने सर्जक विक्रम श्रेष्ठ एवं प्रकाशक संस्था संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रप्रति आभार व्यक्त गरे । उनले जीवको उत्पत्ति हिमालयबाट भएका विभिन्न प्रमाणहरु, धर्मशास्त्रमा हिमालयलाई पवित्र भूमिको रुपमा गरेको चित्रण आदि प्रसंग उठाउँदै हिमालय एउटा हिउँको पहाड मात्रै नभएर सिंगो संस्कृतिको आधारविन्दु रहेको बताए ।

कार्यक्रममा त्रिवि नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा सोमप्रसाद खतिवडा, त्रिवि पुरातत्व केन्द्रीय विभागका विभागीय पूर्वप्रमुख प्राडा मदनकुमार रिमाललगायतले बोलेका थिए । २ वर्षअघि स्थापना भएर विभिन्न अध्ययन अनुसन्धानमा सक्रिय अध्ययन केन्द्र विभिन्न स्थानीय तहमा रहेका पुरातात्विक महत्वका स्थल अध्ययन एवं अन्वेषणमा सक्रिय रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रज्ञा उत्सव सुरु

    आदर्श समाज सम्वाददाता असार ९, २०७९
    पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सव अवसरमा पोखरामा बिहीबारदेखि ‘गण्डकी प्रज्ञा उत्सव’ सुरु भएको छ । ३ दिनसम्म चल्ने सो उत्सवको…
  • भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान

    आदर्श समाज सम्वाददाता असार ७, २०७९
    पोखरा । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा लोपोन्मुख नेपाली मौलिक परम्परागत गीतको गायनशैली र बाजाबारे पोखरामा अन्तक्र्रिया एवं…
  • सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण

    आदर्श समाज सम्वाददाता असार ७, २०७९
    काठमाडौं । लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद्…
  • ऋषिकेशका २ कृति लोकार्पण

    आदर्श समाज सम्वाददाता असार ५, २०७९
    पोखरा । साहित्यकार ऋषिकेश बरालका २ कृति पूर्वि आर्य चिन्तन र छन्द सुरभि शनिबार एकसाथ लोकार्पण भयो । दुवै कृतिको…
  • ‘देश सम्झिएर’ पाठकमाझ

    आदर्श समाज सम्वाददाता जेठ २५, २०७९
    पोखरा । साहित्यकार दिनेश बस्नेत बालकथा संग्रह ‘देश सम्झिएर’ लिएर पाठकमाझ आएका छन् । श्रृङ्खला क्लब र हरिहर–भक्ति आमा समूहले…

hero news full width