क्यान्टिनमा चाउमिन खाएका ३१ विद्यार्थी बिरामी

आदर्श समाज सम्वाददाता
असार ३, २०७९

नवलपुर । पूर्वी नवलपरासीमा फुट प्वाइजनले ३१ जना विद्यार्थी बिरामी भएका छन् । विनयी त्रिवेणी गाउँपालिका ४, सर्र्दीस्थित रिचर्ज इङलिस बोर्डिङका ३१ जना विद्यार्थी बिरामी परेका हुन् ।

उनीहरुको हाल मध्यबिन्दु जिल्ला अस्पताल, डण्डामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जनाए ।

बिहीबार विद्यालयभित्रको खाजाघर (क्यान्टिन) मा चाउमिन खाजा खाएका करिब २ सय विद्यार्थीमध्ये १९ छात्र र १२ छात्रा एक्कासि बिरामी परेका हुन् । खाजा खाएलगत्तै वान्ता गरेपछि उनीहरुलाई अस्पताल लगिएको हो । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width