प्रतिनिधिसभा बैठक बहिष्कार

आदर्श समाज सम्वाददाता
असार ३, २०७९
samsad-web_large

पोखरा । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै बहिष्कार गरिएको हो । त्यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरू छलफलमा सहभागी नहुने र बहिष्कार गर्ने बताएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकका सन्दर्भमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा उठेको जिज्ञासाका बारेमा जवाफ दिइरहँदा एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

एमालेले बजेट निर्माणको क्रममा राख्नुपर्ने गोप्यता नराखेको तथा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लगाएको छ ।

Related News

सम्बन्धित समाचार

  • अरुणा र प्रदीप वर्ष खेलाडी

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा, १८ असार । भलिबल खेलाडी अरुणा शाही र टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद…
  • खानेपानीमा इ–कोली जीवाणु भेटियो

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    लमजुङ । जिल्लाका ४ नगरपालिकामा वितरण हुने खानेपानीमा इ–कोलीका जीवाणु फेला परेका छन् । यसले लामखुट्टेबाट सर्ने रोगको भय देखिएको…
  • कटुस पनि किनेर खान्छन् नेपाली

    रासस असार १७, २०७९
    काठमाडौं । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।…
  • न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा

    धनबहादुर गुरुङ असार १७, २०७९
    पोखरा । हरिनास गाउँपालिका उपप्रमुख इन्द्रकुमारी थापा रानालाई सुझबुझपूर्वक इन्साफ दिन्छु भन्ने दृढ विश्वास छ । पालिकाको न्यायिक समिति निवेदन…
  • समितिको बैठकमा सभापतिमात्रै !

    आदर्श समाज सम्वाददाता असार १७, २०७९
    पोखरा । गण्डकीको अर्थ तथा विकास समितिले अर्थमन्त्री समेतको उपस्थितिमा संसदको गतिरोध अन्त्यका लागि बिहीबार छलफल आयोजना गरेको थियो ।…

hero news full width