कालीगण्डकी रानीमहल क्षेत्रमा डुंगा पल्टिदा बेपत्ता ७ को जिवितै उद्धार

आदर्श समाज सम्वाददाता
असार २, २०७९
Rani Mahal2

पोखरा । कालीगण्डकी नदीको रानीमहल क्षेत्रमा ¥याफ्टिङ गर्ने डुंगा पल्टिँदा बेपत्ता ७ जनाको जिवितै उद्धार गरिएको छ ।

रानीमहल घुम्न पुगेका भारतीय पर्यटक चढेको डुंगा पल्टिएको हो । डुंगामा सवार ७ जनाकै जीवितै उद्धार गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बीच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । प्रजिअ पन्तका अनुसार डुंगा चालकले १ जनालाई उद्धार गरे भने बाँकी ६ जनाको स्थानीय र प्रहरीले उद्धार गरेका हुन् । उनीहरूले लाइफ ज्याकेट लगाएका कारण ठूलो मानवीय क्षति टरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width