प्रतियोगिताको लागि सिंगारिएको गेट।
हेमजा । हेमजा युनाइटेड आयोजनामा हुने छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप–२०७९ को तयारी अन्तिम चरणमा पुगेको छ ।
संस्थाले सोको लागि पोखराको अमरसिंह, बिरौटा, दीप, जौवारी, हेमजास्थित मिलनचोक र फेदीमा प्रवेशद्वार निर्माण गरिसकेको छ । खेलमैदान व्यवस्थित गर्ने कार्यसमेत सकिएको अध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए ।
असार ४ देखि ११ सम्म चल्ने उक्त कपको उद्घाटन खेल आयोजक हेमजा युनाइटेड र वीरगञ्ज युनाइटेडबीच हुने भएको छ ।
प्रतियोगितामा विभागीय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक हेमजा युनाइटेडको सहभागिता रहनेछ ।
विजेताले ६ लाख र उपविजेताले ३ लाख साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार साथमा ट्रफी, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरबार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०÷२० हजार रकम प्राप्त गर्नेछन् । अनुशासित टिमलाई २५ हजार रुपैयाँ दिइनेछ ।
आयोजक युनाइटेडले प्रतियोगितासँगै हेमजाबाट अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्नुका साथै पोखरा २५ भित्र रहेका हरेक विद्यालयलाई खेलकुदको हवका रुपमा विकास गर्न सहयोग पुग्ने विश्वाससमेत लिएको छ । प्रतियोगिताको नेपाल आईसले प्रायोजन गरेको छ ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
पोखरा स्पोर्टस् अवार्ड आज
एथलेटिक्स रेफ्री तथा निर्णायक सेमिनार
पोखरा स्पोर्टस् अवार्ड तयारी पूरा
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९