नाटक ‘केस नम्बर ३११’

आदर्श समाज सम्वाददाता
असार २, २०७९
drama

पोखरा । पोखरा थिएटरको प्रस्तुतिमा तयार ‘केस नम्बर ३११’ मञ्चन तयारी पूरा भएको छ । असार ३ देखि ११ सम्म गन्धर्व नाटकघरमा मञ्चन गरिने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका छन् । सहजकर्तामा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउने छन् । यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशिल बरालले गरेका हुन् ।

पोखरा थिएटरले स्थापना कालदेखि विभिन्न प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष ब्याच कक्षाको नाममा तीनमहिने अभिनय प्रशिक्षण कार्यक्रम तहाँ हुन्छ । यो प्रशिक्षण पाँचौ व्याचसम्म आइसकेको छ । यी प्रशिक्षण कार्यक्रममा सहभागी बनेका धेरैजना नेपाली रंगमञ्चमा क्रियाशील छन् । यस्तैमा चौथो र पाँचौ व्याचको समायोजन गरेर यो नाटक तयार पारिएको हो ।

नाटकमा झलक थापा, सुशील बराल, मनीषा केसी, अदित भुजेल, एलिसा भोगले अभिनय गरेका छन् । साथै, गोपाल भुषाल, अनामिका रिजाल, प्रतीक राउत, प्रतिभा रिमाल, पाल्मती थापा, कमल तामाङ, दिप्सना विश्वकर्मा र सुरज तिवारी, दिव्य अमृतलाई हेर्न पाइनेछ ।

हिंसाले पीडितमा पार्न सक्ने मानसिक असर चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पारिएको बताइएको छ ।

साथै, पोखरा थिएटरको प्रस्तुतिमा साउन दोस्रो सातादेखि कक्षा ९ को पाठ्यक्रममा समावेश ‘भविष्य निर्माण’ कथामा आधारित नाटक मञ्चन गर्ने तयारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width