पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७९/०८० बजेटमा खेलकुदको पूर्वाधार निर्माणका लागि १५ करोड खर्च गर्ने भएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा खेलकुदको पूर्वाधार निर्माणका लागि १५ करोड खर्च गरिने जनाएका हुन् ।
‘एक स्थानीय तह एक खेल मैदान’ कार्यक्रमलाई निरन्तरता दिंदै मन्त्री बरालले खेलकुद पूर्वाधारको निर्माणमा जोड दिइ पोखरा रंगशाला, विभिन्न कभर्डहल स्तरोन्नति गरिने घोषण गरे । प्रदेश राजधानी पोखरामा राष्ट्रिय तथा प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने गरी पूर्वाधार स्तरोन्नतिमा नेपाल सरकारसँग साझेदारी गर्ने उनले बताए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रभावकारी सहभागिताका लागि आवश्यक बजेट व्यवस्था गरेको जनाउँदै राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेताका लागि प्रोत्साहन स्वरुप नगद पुरस्कारको व्यवस्था गरिने भएको छ ।
राष्ट्रिय तथा प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भाग खेलाडीको बिमा प्रदेश सरकारले गर्ने भएको छ । यस्तै, प्रदेशस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न र ती प्रतियोगितामा भाग लिने खेलाडीलाई प्रोत्साहन गरी समग्र खेलकुदको विकासका लागि आवश्यक बजेट छुट्टाइएको छ ।
त्यसैगरी, साहसिक खेलको प्रवद्र्धन एवं प्रतियोगिताको आयोजना गर्दै खेल पर्यटनको प्रवद्र्धन गर्नेसँगै प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा सांस्कृतिक, धार्मिक, साहसिक, कृषि, स्वास्थ्य, खेल पर्यटक आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले सार्वजनिक बजेटमा उल्लेख छ ।
बुधबार गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो । आगामी आवको लागि विनियोजनमध्ये चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६.९५ प्रतिशत र पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार अर्थात् ६१.६६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात् १.३९ प्रतिशत रहेको छ ।
सार्वजनिक बजेटमा वार्षिकरुपमा ३ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग स्थापना गर्न वा विस्तार गर्नका लागि जग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कको लिखतमा पूर्ण छुट दिइएको छ ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
समितिको बैठकमा सभापतिमात्रै !
hero news full width
मुख्य समाचार
सुनिन छाडे असारे भाका
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९