बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामजी बराल।
पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभामा बुधबार अर्थमन्त्री रामजी बराल जीवनले आगामी कार्यक्रमसहित सो रकम बराबरको बजेट सार्वजनिक गरेका हुन् । चालु आवको लागि सरकारले ३० अर्बको बजेट सार्वजनिक गरेको थियो ।
उक्त विनियोजन मध्ये चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६ दशमलब ९५ प्रतिशत र पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार अर्थात् ६१ दशमलब ६६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ५० करोड अर्थात् १ दशमलब ३९ प्रतिशत रहेको छ ।
स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड १० लाख अर्थात् ५ दशमलब ८८ प्रतिशत रहेको छ । साथै आगामी आर्थिक वर्षमा १ करोड ६८ लाख ३८ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान प्रदेश सरकारको छ ।
बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरणबाट ७ अर्ब ९२ करोड ७९ लाख, राजश्व बाँडफाँटबाट प्राप्त ९ अर्ब २३ करोड ९९ लाख, सशर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड ७० लाख, विशेष अनुदानतर्फ ८६ करोड प्राप्त हुने अनुमान छ । प्रदेशको आन्तरिक राजश्वबाट ५ अर्ब ९ करोड १६ लाख र रोयल्टी बाँडफाँडबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
बजेटको किचलोले संसद बैठक अनिर्णीत
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९