प्रदेशको बजेट आज

विजय नेपाल
असार १, २०७९
gandaki bujdget

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार बजेट सार्वजनिक गर्दैछ । गण्डकीसहित प्रदेश सरकारहरुले आफ्नो कार्यकालको अन्तिम बजेट एकै दिन बुधबार प्रस्तुत गर्न लागेका हुन् ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनले दिउँसो ४ बजे संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । सरकारले चालू आवको तुलनामा आगामी आवको लागि झण्डै ८ अर्ब बढीसम्मको बजेट ल्याउँदैछ । स्रोतका अनुसार सरकारले आगामी आव २०७९/०८० का लागि ३६ देखि ३८ अर्ब बराबरको बजेट ल्याउने जनाइएको छ । चालू आवमा ३० अर्ब ३ करोड रुपैयाँको बजेट थियो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले दोस्रो पटक बजेट ल्याउन लागेको हो । कांग्रेससहित माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा अघिल्लो वर्ष जेठ २९ मा सरकारको नेतृत्व सम्हालेको केही दिनमै बजेट प्रस्तुत गरिएको थियो । त्यसबेला बजेट ल्याउँदा मात्र मन्त्रालय संख्या ७ मात्र रहेकोमा दोस्रो तथा अन्तिम बजेटसम्म आइपुग्दा बढाएर १२ पुर्‍याइएको  छ ।

बजेटका लागि बाटो खुला गर्न सोमबारमात्र प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो । तर बजेटमार्फत सत्ता गठबन्धनका ३१ सांसदलाई करोडौंका योजना दिन लागेको विषयको भने चौतर्फी आलोचना सुरु भएको छ । सत्ता गठबन्धनका सांसदलाई टाउको गनेर बजेट दिन लागिएको छ । सत्ता गठबन्धनका ३१ सांसदलाई ५ करोड रुपैयाँका दरले बजेट छुट्याइएको प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बताए । जबकि २६ सांसद रहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई  मात्र ३५ करोड रुपैयाँ छ । सत्ता गठबन्धनका प्रतिसांसद ५ करोड दरले १ अर्ब ५५ करोड रुपैयाँ हुन आउँछ । यस विषयमा सत्ता गठबन्धनकै कतिपय मन्त्रीहरु नै असन्तुष्ट छन् ।

जसपाका संसदीय दलका नेता समेत रहेका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले सरकारको नीति तथा कार्यक्रम नै बहिस्कार गरे । उनले संसदमा नीति तथा कार्यक्रम पास भए पनि पत्रकार सम्मेलन गरी कार्यान्वयन हुन नदिने चेतावनी दिइसकेका छन् । विगतभन्दा यसपालि बजेटको आकार बढी भए पनि मुख्यमन्त्री र अर्थमन्त्रीको चलखेलले मन्त्रालयको सिलिङ झनै घटाइएको भन्दै उनीहरु असन्तुष्ट रहेका हुन् ।

सत्ता गठबन्धनका सांसदलाई टाउको गनेर बजेट

प्रदेश सभामा हाल सत्ता पक्षमा (सभामुखबाहेक) ३१ सदस्य छन् । तीमध्ये कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), जनमोर्माका २, जसपा २ र स्वतन्त्र १ सदस्य सत्ता पक्षमा छन् । प्रतिपक्षमा एमालेका २६ सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा जनमोर्चाका कृष्ण थापाको पद पार्टीले कारबाही गरेपछि स्वतः बर्खास्त भएकोमा पोखरा महानगरको मेयर लड्ने एमालेका कृष्ण थापाले राजीनामा दिएका थिए ।

बजेटका प्राथमिकता

गण्डकी सरकारले महिलालाई व्यावसायिक कृषिमा आकर्षित गर्न विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । महिलाको रोजगारी कृषिको जिम्मेवारी नारासहित बाँझो जमिन तथा अन्य जमिनमा महिलाले सामूहिक खेती गरेमा उनीहरुले गर्ने उत्पादनको आधारमा अनुदान दिने प्रणाली सुरु गर्ने तयारी प्रदेश सरकारको छ ।

हरेक वडामा कृषि तथा पशु प्राविधिक खटाएर उनीहरुमार्फत उत्पादनमा आएको वृद्धिका आधारमा प्राविधिकलाई पुरस्कृत गर्ने कार्यक्रम समेत आगामी आवको बजेटमा आउने भएको छ ।

पोखराको लेकसाइडस्थित रत्नमन्दिर र हिमागृहलाई सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने सरकारको तयारी छ । कृषि पर्यटन प्रवद्र्धन गर्ने भनेको सरकारले कालिगण्डकी नदीमा जल यातायात सञ्चालन गर्ने कार्यक्रम बजेटमा राख्दैछ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गर्दै विमानस्थलदेखि फेवातालसम्म द्रुतमार्ग निर्माणको अध्ययन गर्ने कार्यक्रम बजेटमा राखिने भएको छ ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width