अमरसिंह र वाराही फाइनलमा

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७९
cricket

पोखरा । अमरसिंह खेल मैदानमा जारी ब्रेकिङ बाउन्ड्रिज एमसिसी अन्तरविद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिताअन्तर्गत अम्मरसिंह र वाराही मावि छात्रतर्फ फाइनलमा पुगेका छन् ।

सोमबार पहिलो सेमिफाइनलमा अमरसिंहले भद्रकाली माविमाथि ५८ रनको फकाकिलो जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । पहिला व्याटिङ गरेको अमरसिंहले १०५ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । खेलमा अम्मरसिंहका अशेष न्यौपानेले ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए । जीतका लागि १ सय ६ रन पछ्याएको भद्रकाली ४८ रनमै समेटिन पुगेको थियो । भद्रकालीका सन्तोष तामाङले १३ रन जोेडे । खेलमा अमरसिंहका अशेष न्यौपाने म्यान अफ द म्याच भए ।

अर्को सेमिफाइनलमा वाराहीले सिद्ध माविलाई २५ रनले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको बाराहीले १७ औं ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय २३ रन बनायो । वाराहीका मनोज कार्कीले ३६ रन बनाए । सिद्धको वलिङमा विवेक गुरुङले ३ विकेट लिए ।

जीतका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको सिद्धको पारी ९९ रनमा समेटिएको थियो । सिद्धको तर्पmबाट अर्जुन शाहीले २६ रन जोेडे । वाराहीका बलर अशोक रेग्मीले महत्वपूर्ण ४ विकेट लिए । खेलमा वाराहीका मनोज म्यान अफ द म्याच चुनिए ।

Related News

सम्बन्धित समाचार

hero news full width