पोखरा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई सचेत गराएको बताएका छन् । कास्कीका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता भेलामा बोल्दै उनले काठमाडौंलगायत केही स्थानको मतपरिणामले दलहरूलाई केही सचेत गराएको चर्चा गरे ।
स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र अब दलहरुले अहिलेको निर्वाचनले गरेको संकेतलाई ध्यान दिन जरुरी रहेको उपसभापति खड्काले उल्लेख गरे । गठबन्धनले सिट बाँडफाडमा ढिला गरेकाले जित्ने स्थान पनि गुमाएको उनको तर्क थियो । अन्तिम समयमा टुंगो लगाउँदा प्रचारप्रसार र मतदाता शिक्षामा ढिलाइ भएको उनले बताए । प्रक्रियासंगत ढंगबाट समयमै जतनासामु गएको भए नेकपा एमालेको दायरा अझै साँघुरो बनाउन सक्ने क्षमता हुँदाहुँदै पनि चुकेको उनको धारणा थियो ।
उनले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभई शान्तिप्रक्रियालाई पूर्णता दिनुपर्ने रहेको बताएका छन् । कसैलाई जिताउन वा हराउनमात्र नभइ संविधान रक्षा गर्न गठबन्धन बनाएको उनले बताए । गठबन्धनबाट आएको परिणामबाट केही सिकेर अघि बढ्न सकेमा राम्रो हुने उनको धारणा थियो । अब हुने संघ र प्रदेशको निर्वाचनमा सिट बाँडफाडको काम सकेर निर्वाचनमा होमिने खड्काले बताए ।
स्थानीय चुनावमा सत्तारुढ कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमाण्डर बनाएको थियो । उनकै कमाण्डमा सम्पन्न भएको निर्वाचनमा कांग्रेसले ३ सय २९ पालिका प्रमुख र ३ सय १ उपप्रमुख विजयी भएका छन् ।
Related News
सम्बन्धित समाचार
ढिलै भए पनि बजेट परिष्कृत आउँछः मन्त्री खड्का
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
मल बिउ माग्दै धर्ना
मल र बिउ माग गर्दै राप्रपाको धर्ना
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९