पोखरा । चिल्ड्रेन नेपालको आयोजना तथा फेवा सिटी हस्पिटल पोखराको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण शिविर भएको छ । चिल्ड्रेन नेपालले पोखराभित्र विद्यालयमा पढ्न सहयोग गरेका बालबालिका, तिनका अभिभावक र संस्थाका कर्मचारीसहित २ सय १० जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा फेवा सिटी हस्पिटलका महिला तथा स्त्री रोग विशेषज्ञ डा.चण्डिका पण्डित र डा. पुजा न्यौपाने, बाल रोग विशेषज्ञ डा. हुमप्रसाद न्योपाने, कन्सल्टेन्ट सर्जन डा. भोजराज न्यौपाने, मुटु रोग विशेषज्ञ डा. विश्वराज बराल, नाक कान घाँटी रोग विशेषज्ञ डा. तुलीका दुबेले शिविरमा स्वास्थ्य परीक्षण गरेका थिए ।
संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन फेवा सिटी हस्पिटलका अध्यक्ष एवं महिला तथा स्त्री रोग विशेषज्ञ डा.चण्डिका पण्डितले गरेका थिए । चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले स्वास्थ्य परीक्षण शिविर गर्नुको उद्देश्यबारे प्रष्ट पारे । उनले चिल्ड्रेन नेपाल र फेवा सिटी हस्पिटलबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित विपन्न वर्गका बिरामीलाई सुलभ किसिमले स्तरीय सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको स्पष्ट पारे ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
जिसस कास्कीको वार्षिक समीक्षा
तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना
विद्यालयलाई फर्निचर सहयोग
कांग्रेस गण्डकी सभापतिद्वारा पहिरो अवलोकन
hero news full width
मुख्य समाचार
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९