पोखरा । पोखराको सेदी बगरदेखि सराङकोटसम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारले सेवा दिँदै आएको समयमा परिवर्तन गरेको जनाएको छ । सनराइज हेर्न जाने यात्रु लक्षित बिहानी सेवा मौसमका कारण असार १ गतेदेखि भदौ मसान्तसम्म लागि स्थगित गरेको केबलकारले जानकारी दिएको छ ।
बिहान ५ बजेदेखि ९ बजेसम्म सनराइज हेर्न जाने यात्रु लक्षित सेवामात्र वर्षाका कारण मौसममा समस्या देखिएकाले भाद्र मसान्तसम्मका लागि स्थगित गरिएको हो । बिहान ९ बजेपछिका दिवा सेवा भने नियमित रहने पनि सो कम्पनीले जानकारी दिएको छ ।
मौसम खुलेसँगै केबलकारमा चढेर सनराइज हेर्ने सेवा आगामी असोज १ गतेदेखि पुन सञ्चालनमा आउने बताइएको छ । अन्नपूर्ण, माछापुच्छ«ेलगायत हिमाली शृंखलाको आनन्द लिँदै केबलकार परिसरबाट पोखरा सहर, फेवाताल, शिव मूर्ति, विश्व शान्ति स्तुपलगायत दृश्य पनि हेर्न सकिन्छ ।
केबलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेस्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ सञ्चालनमा छन् ।
Related News
सम्बन्धित समाचार
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९