स्पोर्टस् अवार्डलाई उपसमिति

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७९
pokhara sports award 2

पोखरा । छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको शनिबार आयाजित भेलाले अवार्ड समारोह सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको हो ।

सोको लागि मञ्चको अघिल्लो बैठकले अध्यक्ष दीननाथ बराललाई मूल आयोजक समिति संयोजक तोकेकोमा भेलाले सहसंयोजकमा उपाध्यक्ष सुरज श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

यस्तै, मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको संयोजकत्वमा खेलाडी चयनका लागि प्रतिभा छनोट समिति गठन गरेको महासचिव राजाराम पौडेलले जानकारी दिए । समिति सहसंयोजकमा सन्देश श्रेष्ठ, सदस्यमा विजय नेपाल छन् । वर्ष उत्कृष्ट खेल पत्रकार छनोट समिति संयोजकमा पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र सदस्यमा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र सन्देश श्रेष्ठ छन् । दुवै समितिमा मञ्च अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल पदेनसदस्य हुने व्यवस्था छ ।

यस्तै, मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, पूर्व अध्यक्ष केशव पाठकको संयोकजत्वमा वैदेशिक समन्वय उपसमिति गठन गरियो । वैदेशिक समन्वय समिति सहसंयोजकमा सुदर्शन रञ्जित तथा सदस्य उमेश पुन छन् । मञ्चका कोषाध्यक्ष कविता घर्ती मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, सहसंयोजकमा एमवि आस्था मगर र सदस्यमा शशीकुमार पौडेल तोकिए ।

संघसंस्था समन्वय उपसमितिमा नारायण शाही तथा सहसंयोजक राजु गिरी छन् भने प्रचारप्रसार संयोजकमा महासचिव राजाराम पौडेल र सहसंयोजकमा सचिव शशीकुमार पौडेल छन् । कार्यक्रम व्यवस्थापन समिति संयोजक मन क्षत्री तथा सदस्यमा उमा आलेमगर र लक्ष्मी जिसी चयन भए । भिडियो तथा फोटो व्यवस्थापन उपसमिति संयोजक उमेश पुन र सहसंयोजकमा दीपक मुल्मी चयन भए । बाँकी उपसमिति छिट्टै गठन गरिने र उपसमितिलाई पूर्णता दिइने मञ्च अध्यक्ष बरालले बताए ।

आगामी असार १८ गते विश्व खेलकुद पत्रकार दिवसको दिन पोखरा सभागृह हलमा हुने अवार्ड समारोहमा विभिन्न ७ विधामा अवार्ड वितरण गरिनेछ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width