पोखरा । फूलबारी मन्टेसरी ट्रेनिङ इन्स्टिच्युट, नदीपुरबाट तीनमहिने कोर्ष पूरा गरेका पहिलो ब्याचका १२ प्रशिक्षार्थी (ग्राजुयट्स) लाई शनिबार प्रमाणपत्र वितरण गरिएको छ । निजी तथा आवासीयय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), कास्कीका अध्यक्ष मथुरा पौडेलले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै अहिलेको प्रतिस्पर्धात्मक युगमा जुन पेसा अपनाए पनि आफू केही पृथक हुन जरुरी भएको भनाइ राखे । साना–साना नानीबाबुलाई पढाउने र सिकाउने काम माथिल्ला कक्षाका विद्यार्थीलाई अध्यापन गराउनेभन्दा कठिन भएको स्मरण पनि उनले सुनाए । यस्तो कठिन काम गर्दा सानो कक्षालाई पढाएको भनेर प्रशिक्षार्थीले भविष्यमा हिनताबोध गर्न नहुने सुझाव पनि उनले दिए । ‘आफ्नो सीप र क्षमतामा सबैले विश्वास गर्न सक्नुपर्छ,’ अध्यक्ष पौडेलले भने ।
इन्स्टिच्युटकी लिड प्रशिक्षक अरुना शेरचनले बालमनोविज्ञान बुझ्न सक्ने दक्ष शिक्षक शिक्षिकाको अभाव परिपूर्ति गर्न आफूले उक्त तालिम केन्द्र संचालनमा ल्याएको बताइन् । देशका लागि असल नागरिक बन्ने प्रक्रिया शिक्षाबाट नै सुरु हुने भन्दै उनले सानै उमेरबाटै त्यस्तो प्रक्रिया सुरु गर्ने अभियानमा आफू सहयोगी बन्न खोजेको भनाइ राखिन् । नदीपुरमा नै रहेको फूलबारी मन्टेसरीकी प्रिन्सिपलसमेत रहेकी उनले देशका लागि असल र क्षमतावान् नागरिक बनाउन समय, धैर्यता, सोच र राम्रो शिक्षा चाहिने अनुभव सुनाइन् ।
प्रशिक्षार्थी दुर्गादेवी गुरुङले मन्टेसरी तालिमबाट आफूले धेरै कुरा सिक्ने मौका पाएको बताइन् । तालिम अघि आफूले गणितलाई निकै कठिन र मन नपर्ने विषयको रुपमा लिएकोमा तालिमपछि भने यो विषयलाई आफूले वास्तविक रुपमा बुझ्ने मौका पाएको भन्दै यो अहिले आफूलाई सबैभन्दा मन पर्ने विषय बन्न पुगेको सुनाइन् । अर्की प्रशिक्षार्थी निर्जला ताम्राकारले फूलबारी मन्टेसरी इन्स्टिच्युटले प्रदान गरेको तालिमबाट आफू निकै प्रभावित भएको भन्दै तालिममा सामान्य बालबच्चालाई पढाइने लगायत अन्य व्यवहारिक कुरा समेत सिक्ने मौका पाएको बताइन् ।
कार्यक्रममा महिला पर्यटन व्यवसायी एवं रेडियो जननीकी संस्थापक बोर्ड सदस्य लक्की कार्की क्षत्री, रेडियो जननीकी पूर्व अध्यक्ष एवं लायन्स क्लब अफ सेती गण्डकीकी मिलन थापा र रेडियो जननीकी संस्थापक एवं कांग्रेसनेतृ लक्ष्मी पाण्डेले पनि भनाइ राखेका थिए । कार्यक्रम संचालन टे«निङ इन्स्टिच्युट प्रशिक्षक एवं एमआई युकेबाट मन्टेसरी तालिम लिएकी महिमा प्रीति शेरचनले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१