बदाम एफसीलाई दोस्रो फुटसल टुर्नामेन्ट उपाधि

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७९
Futsal

पोखरा । लेकसाइड एरिना प्रालि पोखराले आयोजना गरेको दोस्रो फुटसल टुर्नामेन्ट–२०७९ पोखरा २९ को बदामको एफसीले जितेको छ । लेकसाइड एफसीले उपविजेतामा चित्त बुझायो । विजेताले ट्रफी, मेडलका साथमा ४० हजार नगद र उपविजेताले ट्रफी, मेडलका साथमा २० हजार नगद प्राप्त गर्‍यो ।

प्रतियोगितामा काठमाडौं, धरान, तनहुँ, बागलुङका बहिरा टिम लेकसाइड, ब्वाइज, ज्याक युनाइटेड, बदाम एफसी, २५ के, नदीपुर एफसी र दीप एफसीसमेत १० टिमले प्रतिस्पर्धा गरेका थिए ।

बदाम एफसीले ४ गोल गरेको थियो भने लेकसाइड ब्वाइजले ३ गोल गरेको थियो । बेस्ट प्लेयर सोही बदाम एफसीका जर्सी नं.५ का अर्जुन मगर र किपर जर्सी नं ९९ रविन घले घोषित भए । उनीहरुले समान १ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा रेफ्री सरोज योञ्जन र सहायक रेफ्री जीवन गुरुङले सहजीकरण गरेका थिए ।

ट्रफी मेडलको प्रायोजन इभेन्ट फर यु का सञ्चालक प्रमुख अतिथि विशाल गुरुङले गरेका थिए। प्रथम पुरस्कार र द्वितीय पुरस्कार युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाले सहयोग गरेका थिए । पोखरा १० वडा कार्यालयले टिम व्यवस्थापनका लागि १५ हजार नगद सहयोग गरेको थियो ।

देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले र बहिरा मित्रहरुले पनि आर्थिक सहयोग गरेको कार्यक्रम सञ्चालक सूर्यमोहन बरालले जानकारी दिए । दोभाषे लक्ष्मी श्रेष्ठ आयोजक विशान गुरुङ, जमानसिंह गुरुङले प्रतियोगिता सञ्चालनमा योगदान गरेका थिए ।

बुद्ध युवा क्लब बगरका अध्यक्ष विजया गुरुङले प्रतियोगितामा फरक क्षमतासँग सुन्नेहरुको रोचक भिडन्तले वातावरण रोमाञ्चक भएको बताइन् ।

प्रतियोगिता विजेतालाई ट्रफी रेफ्री सरोज योञ्जनले प्रदान गरे भने रनर अप ट्रफी मेडल उत्तर प्रदेश क्रिकेट बोर्डका महासचिव आशीष श्रीवास्तवले प्रदान गरे । प्रतियोगिता पोखरा ४ गणेश टोलस्थित स्पोर्टस् क्यासलमा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width