कस्मेटिक व्यवसायी संघको निःशुल्क आँखा शिविर

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७९
Cosmetic 1

पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीले शनिबार आयोजना गरेका निःशुल्क आँखा शिविरबाट १ सय ६६ जना लाभान्वित भएका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै उनले आँखा शरीरको संवेदनशील अंग भएको स्मरण गराउँदै आँखाका लागि सोहीअनुसारको सावधानी आवश्यक पर्ने बताए । अधिकांश कस्मेटिकसम्बन्धी साधनमा केमिकल प्रयोग भएको हुने बताउँदै उनले आँखालाई त्यसको असरबाट जोगाउन सचेत बन्नुपर्ने सुझाव पनि राखे । आँखामा विभिन्न रोग लागेको हुन सक्ने भन्दै उनले आँखाको अपरेसन गर्नुपर्ने अवस्था नै आए पनि डराएर भाग्न नहुने भनाइ राखे ।

संस्थाका अध्यक्ष प्रेमप्रसाद सुवेदीले कस्मेटिक व्यवसायी संघले विगतदेखि नै समाजका लागि समेत विभिन्न गतिविधि गर्दै आएको भन्दै आँखा शिविरबाट लाभ उठाउन सबैसँग आग्रह गरेका थिए । शिविरका अवसरमा औषधि र चष्मासमेत निशुल्क वितरण गरिएको जानकारी उनले दिए । स्वास्थ्य जाँचक्रममा पत्ता लागेका एक जना मोतियाविन्दुका बिरामीलाई अस्पताल पु¥याएर निशुल्क अपरेसन गर्ने प्रतिबद्धता पनि उनले सुनाए ।

हिमालय आँखा अस्पतालका सुवास नेपालले आँखा स्वास्थ्यसम्बन्धी विषयमा चर्चा गर्दै अस्पतालको अभियानमा संघले सहयोग पुग्ने काम गरेको भन्दै प्रशंसा गरे । शिविरमा हिमालय आँखा अस्पतालबाट आएका चिकित्सकले सेवाग्रहीको आँखा जाँच गरेका थिए ।

उद्घाटन अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार विष्णुप्रसाद बास्तोला, अर्का सल्लाहकार महेश्वर रिमाल, कार्यक्रम संयोजक पुष्पा मरासिनी, अधिकृत बिक्रेता संघ कास्कीका अनिल श्रेष्ठ, संस्थाका निवर्तमान अध्यक्ष उमापति ढकाल, पोखरा भाँडा व्यवसायी संघका उपाध्यक्ष कविन्द्र पालिखे, फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष राजु पौडेल र आयोजक संघकी प्रथम उपाध्यक्ष दुर्गा बरालले पनि भनाइ राखेका थिए । कार्यक्रम संचालन संस्थाकी महासचिव शारदा भुजेल (सरु) ले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width