व्यवसायीबीच फुटसल

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७९
buddha bisal

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले व्यवसायीबीच १० औं आन्तरिक फुटसल प्रतियोगिता गरेको छ । प्रतियोगितामा विशाल श्रेष्ठको टिम प्रथम र सञ्जय बुढाथोकीको टिम दोस्रो भयो । प्रथम र द्वितीयलाई क्रमशः १५ र १० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरियो । उत्कृष्ट खेलाडीको उपाधि रोशन नेप्कुलले प्राप्त गरे ।

पोखरा ४ का नवनिर्वाचित वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायीहरूको समस्या समाधान गर्न आफू प्रतिबद्व रहेको बताए । एसोसिएसनले आफूलाई गरेको सम्मानले थप जिम्मेवारी महसुस गराएको पनि उनको भनाइ छ ।

एसोसिएसन अध्यक्ष केशवबहादुर खत्रीले महेन्द्रपुल, पालिखेचोकमा पार्किङको समस्या रहेकोले सहजीकरण गरिदिन वडाअध्यक्ष पराजुलीलाई आग्रह गरे । उनले वार्षिक रूपमा फुटसल प्रतियोगिता आयोजना गरिरहेकोमा २ वर्ष कोभिड कारण रोकिएको बताउँदै आगामी वर्षमा निरन्तरता दिने बताए ।

कार्यक्रममा सर्वेश्वर व्यवसायी समिति अध्यक्ष बालकृष्ण भण्डारी बगर कल्याणकारी व्यवसायी समिति अध्यक्ष विष्णु बास्तोला फेन्सी, रेडिमेड व्यवसायी संघका अध्यक्ष राजु पौडेल लगायतले कार्यक्रमको सफलताको कामना गरे ।

एसोसिएसन अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव बुद्धिबहादुर कँुवर, स्वागत उपाध्यक्ष इन्द्रराज अर्याल र धन्यवाद ज्ञापन कोषाध्यक्ष तथा कार्यक्रम संयोजक थमनसिह गुरूङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width