पोखरा । कास्कीका पवन गुरुङ र काठमाडौंका सुरेन्द्र कार्की पोखरा बक्सिङ च्याम्पियनसिप–२०२२’ मा उत्कृष्ट बनेका छन् ।
ओलम्पिक दिवस अवसरमा कास्की जिल्ला बक्सिङ संघको सहयोगमा पोखरामा शनिबार राष्ट्रिय खेलाडीद्वय सविन गुरुङ र प्रदीप गुरुङद्वारा आयोजित प्रतियोगितामा ६९ किलो तौलतर्फ पवन र सुरेन्द्रले बाजी मारकेका हुन् । उक्त बाउटमा कास्कीका पवनले खेल जितेका थिए ।
सिनियरतर्फका ११ र जुनिएर १ गरी १२ वाउटमा खेल भएको थियो । ‘सविन एण्ड प्रदिप प्रेजेन्ट्स पोखरा वक्सिङ च्याम्पियिनसिप २०२२’ मा ५२ किलो तौलतर्फ सरोज वलीले बाजी मारे ।
५७ किलो तौलतर्फ २ वाउटमा आकाश गुरुङ र अनिल पुन विजेता बने । ६३ किलो तौलतर्फ ३ बाउटको खेलमा इन्द्र सुनार, नवीनजंग जलारी र निश्चल गुरुङ विजयी भए ।
६९ किलोमा भरत चन्द र पवन गुरुङ विजेता बने । इन्द्रले मिलन क्षत्री, भरतले निशान गुरुङ र पवनले सुरेन्द्रलाई पराजित गरे । ७९ किलो तौलमा मनिष विसीले गणेश सुनारलाई पराजित गरे ।
विजेता र उपविजेतालाई क्रमशः १५ हजार र १० हजारका साथमा मेडल र ओलम्पिकको प्रमाणपत्र प्रदान गरियो । उनीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ, राखेप सदस्य अर्जुन केसी, पूर्व अन्तर्राष्ट्रिय खेलाडी गणेशबहादुर भट्टाराई लगायत पुरस्कार वितरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१